शनिबार, भदौ २१, २०८२

नेपाली सेनाद्वारा अपांगता भएका विद्यार्थीलाई स्टेशनरी र खाद्यान्न बितरण।

२४ फल्गुण, प्युठान
जुमान सिंह केसी
२६१ औं नेपाली सेना दिवसको अवसरमा बर्द बहादुर गण खलंगा ( आर्मी ब्यारेक) प्यूठानले अपांगता भएका विद्यार्थीलाई स्टेशनरी र खाद्यान्न सामाग्री बितरण गरेको छ ।

महेन्द्र माध्यमिक विद्यालय खलंगामा अध्ययनरत दृष्टिबिहिन बालबालिका र राष्ट्रिय अपांग सेवा संघ प्यूठानले संचालन गरेको शारीरिक अपांगता आवास गृहका बालबालिकालाई सामग्री बितरण गरिएको हो ।
बालबालिकालाई खाद्यान्न, स्टेसनरी सामग्री वितरण गरिएको गणले जनाएको छ।

श्री बर्द बहादुर गणका प्रमुख सेनानी रमेश थापाले सैनिक नागरिक सम्बन्ध अन्तर्गत जनहितको कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले सेना दिवसको अवसरमा हामीले अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेको उल्लेख गर्नु भयो” थापाले भन्नू भयो हामीले अपाङ्गता भएका बालबालिकाको समस्यालाई मध्यनजर गरी आवस्यक पर्ने सामग्री प्रदान गरेका छौँ”। हाम्रो सहयोगले बालबालिकालाई केहि रुपमा भएपनि सहयोग पुग्ने असा गरेका छौँ ।

प्रमुख शेनानी थापाले फागुन २५ गते शुक्रबार मल्लरानीमा पुनः निर्माण गरिएको शिव मन्दिर मल्लरानी गाउँपालिकालाई हस्तान्तरण र खलंगा टुडिखेलमा साँस्कृतिक कार्यक्रमको आयोजना गरि दिवस मनाउने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु पौडेलले विद्यालयमा १४ जना दृष्टिबिहिन बालबालिका अध्ययनरत रहेको जानकारी दिनुभयो । नेपाल सरकारले प्रति विद्यार्थीले मासिक ४ हजारको दरले १० महिना उपलब्ध गराउने गरेको र विभिन्न सामाजिक संघ संस्थाको सहयोगबाट दृष्टिबिहिन स्रोत कक्षा संचालन भैरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सेना दिवसको अवसरमा शुभकामना दिदै श्री बर्द बहादुर गणले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको संचालन मेजर धर्मराज पाण्डेले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?