
रुपन्देही, बुटवल
शंकर प्रसाद पोख्रेल
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले
विश्वभरका श्रमिक महिलाहरुको महान् उत्सव ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवम् राष्ट्रको निरन्तर समुन्नतीको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुष सरह समान अवसर पाउनु पर्ने बताउँदै उनले विभिन्न कालखण्डका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र वलिदानको गौरवपूर्ण संघर्षबाट स्थापित नयाँ संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायतका अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन द्वारा हस्ताक्षरित शुभकामना वक्तव्यमा भनिएको छ, संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागीता बढाउदै लैजानुपर्छ।