
प्युठान
दीपेन्द्र सुनार प्युठान चैत्र २२
भाडामा लिएर आफ्ना जनतालाइ सेवा प्रदान गरिराखेको प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न ३ आलखोला प्युठान ले अब आफ्नै भबन निर्माण गर्ने भएको छ।
आइतबार झिमरुक गाउपालिका का अध्यक्ष तिलक बहादुर जि सि ले उक्त भबन को सिल्यानास गरे।
झिमरुक गाउपालिकाको ६० लाख रुपैया को लगानी मा र स्थानिय ब्याक्तिहरुले वडा कार्यलय निर्माण सम्पन्न गर्न भनेर दान स्वरुप सहयोग गरेको करिब ५ रोपनि जग्गा मा आउदो असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि उपभोक्ता समिति मार्फत आधुनिक डिजाइनको ५ कोठा सहित सुबिधा सम्पन्न एक तले भबन निर्माण गर्न लागेको वडा न ३ का वडा अध्यक्ष मीन ब के सि ले जानकारी दिए।
उक्त भबनको शिलान्यास गर्दै झिमरुक गाउपालिका का अध्यक्ष तिलक बहादुर जि सि ले भबन निर्माण गर्न का लागि स्थानियले वार्ड लाई जग्गा उपल्ब्ध गराइ सहज बाताबरण गरिदिएको मा आभार प्रकट गरे। वडा न ३ ले अरुको घरमा भाडा तिरेर आज को दिन सम्म सेवा प्रदान गरेको थियो अब यो समस्या को बाध्यता हटेको र आउदो केही महिना पछि वार्ड ले आफ्नै निजि भबन बाट सेवा प्रदान गर्ने समेत बिश्वाश ब्याक्त गदै वार्ड लाई भबन निर्माण गर्दै गरेको मा शुभकामना समेत ब्याक्त गर्नु भयो।
झिमरुक गा पा वार्ड न ३ का अध्यक्ष मीन ब के सि को अध्यक्षता , गाउँपालिका का अध्यक्ष तिलक बहादुर जि सि को प्रमुख आतिथ्यता , वार्ड का निर्बाचित जनप्रतिनिधी,र वार्ड कै समाजसेवीहरुको उपस्थितमा भएको शिलान्यास कार्यक्रम को सन्चालन वार्ड का सचिब इश्वृरी प्रसाद पान्डे ले गर्नु भएको थियो।