आइतवार, भदौ २२, २०८२

मुक्ति युद्धमा बढ”

 

जुना चालिसे चंडिगढ

सुनाउछु आज चेलीको कथा नारीको कहानी,
सुन्दिनु होला सबैले यहा केही झर्को नमानी ।।
पहिलो स्वागत मंचमा उपस्थित गणलाई
दोस्रो छ स्वागत, उपस्थित यहा सम्पुर्ण जनलाई ।।

महिला दिवश मनाउँन यहा उपस्थित सबैलाइ।
समानताको लडाई लडने क्रान्तिकारी हरुलाई ।।
क्लाराजेटकिनको पथमा हिडौ अब एकजुट भएर।
रोजा जस्तै शशक्त बनौ महिला क्रान्तिकारी भएर।।

समान हकको लडाई लडौ अब मुक्ति युद्धमा।
प्रण गरौ सबै होमिऔ अब यहि मुक्ति युद्धमा।।
ज्वाला दन्काउदै उठ नारी हुदैन यहा सहेर ।
नारीको शक्ती समाजमा देखाउ एकजुट भएर।।

विभेद सबै ध्वस्त पार्न यहिबाट कम्मर कस्दैछौ।
सुनौलो बिहान जन्माउन मुक्ति युद्धमा बढदैछौ ।।

अन्याय भयो भनी चीच्याउदा न्याय त पाईदैन ।
ती खोक्रा भाषण हुदैनन लागु हामीलाई चाहिदैन ।।

न घर मा तीमी न बाहीर तीमी सुरक्षीत छैनौ है।
दश पटक सोच्न बाध्य छन आमा जन्म दिम न दिम खै ।।

सबैलाई उस्तै भन्न खोजेको हैन है मैलेनी।
बाघले झै खुन पीएर भोक मेटाउछन जैलेनी ।।
पढ्नलाई झोला बोकेर स्कुल जान्छीन नी जानलाई।
आउने नआउने केही निधो हुन्न फर्केर आउनलाई ।।
रगतै पीउछन ए चेली तीम्रो मासुनै लुछेर।
पर्खेर बस्छन तीमीलाई खान बाटैमा ढुकेर ।।
जानता जान्छेउ स्कुल अनी घुमफीर भनेर।
तीम्रो खुन पीऊन ढुकेर बस्छन केही झुन्ड बनेर ।।

एक्लै नी आउन डराउछन पिचश हुन त्यीनी कायर।
अस्तीत्व लुट्छन ती भोका स्याल केही गुट आएर ।।

यो देशमा हुन्न फासीको सजा मौलाउछन स्यालहरू ।
बस्न बाध्य हुन्छीन ती चेली बन्द गरेर झ्यालहरु ।।

कती काख यहा रीत्तीने होलान मर्नु नै पर्नै छ।
फासीको सजा बलात्कारी लाई कानुन बनाउनै पर्नैछ ।।

यहि सन्देश दिदै महिला दिवश मनाउ नारी हो।
वर्ग संघर्षमा दृढ भई बढौ हे प्यारा नारी हो ।।
हुदैन मुक्ति कुनामा बसी शशक्त बन नारी हो।
व्यवस्था यस्तै बदल्ने संकल्प गरौ अब नारी हो।।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?