आइतवार, बैशाख ६, २०८३

बठिन्डामा ११४ औ महिला दिवस कार्यक्रम सम्पन्न

 

खिमराज चालीसे चंडिगढ
८ मार्च २०२४

भारतको पंजाव राज्यको बठिन्डामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग बठिन्डाको आयोजनामा ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न गरिएको छ।

“११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सफल पारौ, महिला हिंसा र विभेदका विरुद्ध संघर्ष गरौ” भन्ने मूल नाराका साथ सम्पन्न गरिएको समारोहमा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सदस्य नर बहादुर ओलीले महिला आन्दोलनबारे गहकिला विचार राख्नु भएको थियो।

सम्वोधन गर्ने अन्य वक्ताहरुमा नगर सदस्य नारायण केसी, महिला बिभागबाट सरला नेपाली र माया ओली लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम लिला देवीको अध्यक्षतामा तथा गिर बहादुर मगरको संचालनमा सम्पन्न भएको हो भने स्वागत गणेश पोख्रेलले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?