
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा ८ मार्च २०२४ का दिन ११४ औं अंतराष्ट्रीय महिला दिवस कार्यक्रम हैदराबादमा सम्पन्न भएको छ । उक्त कार्यक्रम पुष्पा पौडेलको अध्यक्षता सीता थापाको संचालन बाट अगाडि बढेको थियो भने उपस्थित जनमानसलाई ईस्वरा पौडेलले स्वागत गर्नु भएको ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय महासचिव प्रेम पौडेल, केन्द्रिय सदस्य फुलबीना पौडेल, केन्द्रिय सदस्य तथा क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल, क्षेत्रीय कोषाध्यक्ष, घनश्याम शर्मा, क्षेत्रीय सदस्य गंगा कडायत, क्षेत्रीय सदस्य राजु दुलालले अतिथिको आसन ग्रहण गर्नु भएको थियो । ज्ञात अज्ञात सहिद हरुप्रति एक मिनेट मौनधारणा गरिएको थियो ।
अथित्यता आसन ग्रहण गर्नु भएका अतिथिगण हरुले अंतराष्ट्रीय महिला दिवसको औचित्यता बारे जर्मनकी प्रसिद्ध महिला क्लारा जेटकिनलको कडा प्रयासका बाबजूद अंतराष्ट्रीय समाजवादी कांग्रेसले १९१० मा अंतराष्ट्रीय रुपमा सार्वजनिक विदा बनाउन सहमत भएको थियो भने २१ औं सताब्दीमा आई पुग्दा पनि महिलाहरुको अवस्था दयनीय रहेकोले महिलाहरुको समस्या समाधान का लागि महिला मुक्ति आन्दोलनमा अग्रसर भइ सम्पूर्ण महिला वर्ग एक जुट हुनु पर्ने आजको आवस्यकता रहेको आ-आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा क्षेत्रीय महिला विभाग – माया थापा, क्षेत्रीय रक्तिम विभाग – कृष्ण कुमारी बि क, दक्षिण महिला विभाग – गुमा राना, लीला शाही, उत्तर महिला विभाग – बिजुला शर्मा, अमृता नेपाली, यसोधा बराल र कमला शर्माले सुभ कमाना मन्तव्य दिनु भएको थियो ।