
दिनेश रैदास दाङ
२५ फाल्गुन २०८० शुकबार
दाङको राप्ती गाउँपालिकामा राजमो निकट अखिल नेपाल महिला सङ्घले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
कार्यक्रममा बाेल्दै प्रमूख अतिथि कमला बेलबासेले पितृसतात्मक साेचबाट विकसित पुरुष प्रधान समाजमा नारीहरुलाई हेर्ने साेच र दृष्टिमा परिवर्तन गर्नुपर्ने बताउनु भयो । देशको हरेक परिवर्तनमा महिला र पुरुषहरुकाे भूमिका समान रहेको चर्चा गर्दै उहाँले महिलाहरुकाे याेगदानकाे अझै पनि सम्मान हुन नसकेको बताउनुभयो ।
उक्त कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ प्रेम आचार्य, अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रीय सदस्य केशव राज खनाल, जनजाति सम्मेलन केन्द्रिय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल किसान महासङ्घ जिल्ला सदस्य बिष्णु आचार्य, राष्ट्रिय जनमोर्चाका सम्शेर केसी र अखिलल नेपाल युवक सङ्घका गीता एमसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
महिला सङ्घ राप्ती गाउँपालिकाकी अध्यक्ष कृष्णा पोख्रेलको अध्यक्षता तथा चम्पा भुषालको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।