शनिबार, भदौ २१, २०८२

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिन

चितवन  भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । लन्डनको हाउस अफ कमन्स टेरेस् पेभिलियनमा बिहीबार आयोजित समारोहबिच दाहालले ‘पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डस २०२४’ अन्तर्गत ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गरेकी हुन् । इपिजी नामक संस्थाले प्रदान गरेको उक्त अवार्ड लन्डनका मेयर सादिक खानले दाहाललाई हस्तान्तरण गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?