शनिबार, भदौ २१, २०८२

जालन्धरमा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

 

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर
विभाग जालन्धर को आयोजनामा ११४ औं महिला दिवस भव्य एवं शान्दार रूपमा सु- सम्पन्न भएको छ!
ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेट मौनधारण
पश्चात् सम्पन्न अगाडि बढेको
सो सभालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य कुल बहादुर बगाले धन बहादुर गोर्खाली जितमान थापा केन्द्रिय महिला विभाग कि सदस्य श्रीमती शुष्मा खड्का केन्द्रिय परिषद सदस्य लक्ष्मण खड्का जमुना गाहा ,सुदुर पश्चिमोत्तर क्षे त्रीय महिला विभाग सदस्य मीना थापा मूल प्रवाह नगर समिति जालन्धर को तर्फबाट लक्ष्मण के सी माधव खनाल तिल बहादुर थापा , महिला नगर विभाग कि सदस्य लक्ष्मी थापा , सर्मिला सापकोटा, सरस्वती आचार्य ,सुदुर पश्चिमोत्तर क्षेत्रीय क्षेत्रीय सदस्य विद्यार्थी कविता थापा ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को बारेमा आफ्नो धारणा र सामाजिक जिम्मेवारी को सम्बन्धमा विचार राख्नु भयो र उक्त महिला दिवस को दिन कुर्ची दौड र घैटाफोर सो कार्यक्रम को खेलकुद प्रतियोगिता गराइएको थियोे भने बिजेतालाई पुरस्कार पनि वितरण गरिएको छ सो कार्यक्रम को संचालन रमा बिष्ट स्वागत इन्दिरा कुँवर र अध्यक्षता जुना बि क ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?