बिहिबार, भदौ १९, २०८२

“आउ हुँकार भरौ”

जुना चालिसेको रचना

मार्न नपरोस ए चेली तिम्रा ईच्छा र चाहाना।
एकसय चौधौ श्रमिक महिला दिवशको शुभकामना।।

महिला हक अधीकार अनी ससक्तीकरण।
लैंगीक अनी समानताका लौ कुरा गरन।।

न्युयोर्कमा ती चौध हजार महीलाको आहुती ।
सामाजिक बन्धनमा बाधीएकाछौ केही कुरै नबुझी।।

क्लाराजेट्कीन सम्झीन चाहे मैले यो गीतमा ।
महिला दिवशको घोषणा थियो हाम्रै हितमा ।।

नारीको हितमा गरेको काम सोसलीस्ट पार्टीले।
नारी दिवशको महत्व बुझौ संगी र साथीले।।

सम्पत्तिमा हामीले पनी समान हक पाउनुछ ।
हिंसा शोषण मुक्त यो समाज हामीले ल्याउनुछ।।

ससक्त महिला अभीयान हामीले चलाउनु छ ।
बर्गीय आन्दोलनलाई ए चेली अघी बढाउनु छ ।।

आऊ हुंकार भरौं बर्ग संघर्षको लडाईमा ।
ज्वाला बालेर अघी बढौ
विभेद पुर्ण लडाईमा ।।

नया दिन आउनेछ हाम्रो जीत पक्कै हुनेछ ।
विजयको हुंकार भर्ने नया दिन आउने छ ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?