शनिबार, भदौ २१, २०८२

जिल्लाको विकासमा मल्लरानीको योगदान महत्वपूर्ण’

प्यूठान, २६ फागुन ।
सामाजिक विकास तथा पूर्वाधार निर्माण लगाएत कार्यमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको योगदान महत्वपूर्ण रहेको कार्यक्रममा वोल्ने बक्ताहरुले औलाएका छन् । संस्थाको ४५ औं वार्षिक उत्सव समारोहका अवसरमा आयोजित बृहत वैठक कार्यक्रममा वोल्दै जिल्लाका सरोकारवालाहरुले सामाजिक जागरण तथा भौतिक निर्माणका क्षेत्रमा समेत संस्थाले उल्लेख्य योगदान गरेको भन्दै प्रशंसा गरेका हुन ।
समाज रुपमान्त्रणमा गैरसरकारी क्षेत्रले खेल्ने भूमिका अन्तरगत जिल्लामा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको उपस्थिति महत्वपूर्ण रहेको कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बीनी प्रदेश सभा सदस्य धनालक्ष्मी श्रेष्ठले बताईन । ‘भौतिक संरचना निर्माण देखि सामाजिक परिवर्तनका अभियानमा समेत संस्थाको भूमिका महत्वपूर्ण छ’, श्रेष्ठले भनिन, ‘संस्थाको निस्वार्थ भाव र खटाईले मात्र यो सम्भव भएको हो ।’

जिल्लाको विकासमा स्थानीय सरकार र संघ÷संस्थाको साझेदारीता अपरिहार्य रहेको जिल्ला समन्वय समितिका प्रमुख धरम जी.सीले बताए । कठिन परिस्थीति र कठिन कार्यमा समेत संस्थाको भूमिका महत्वपूर्ण रहदै आएकोले आगामी दिनमा अझै यसलाई फराकिलो बनाउँदै अगाडी बढ्नुपर्ने उनको सुझाव थियो । विशेष अतिथि समेत रहेका प्रमुख जी.सीले भने, ‘जिल्लाको विकासमा हामी सहकार्यको बातावरण निर्माण गर्न तयार छौं । संस्थाले आगामी दिनमा त्यो भूमिकालाई बढाउदै लगोस ।’

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष संजय रिजाल, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे, महिला अधिकार कर्मी पार्वता आचार्य, सडक पूर्वाधार विकास कार्यालय प्यूठानका निमित्त प्रमुख चन्द्र शाहले मन्तव्य राख्दै संस्थाले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको र आगामी दिनमा समेत यसलाई निरन्तरता र थप वृद्धि गर्दै लौजानु पर्नेमा जोड दिएका थिए ।

बार्षिक उत्सवको अवसरमा संस्थाले बृहत वैठक सहित बनभोज कार्यक्रम आयोजना गरेको थियो । संस्थाका अध्यक्ष बसन्तलाल शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष डोर प्रसाद पोख्रेल र संचालन कार्यकारी प्रमुख बिजय श्रेष्ठले गरेका थिए । कार्तिक लक्ष्मीपुजाँको दिनमा संस्थाको स्थापना दिवस र फाल्गुण १९ गते गैरसरकारी संस्थाको रुपमा विधिवत दर्ता भएको दिनको स्मरणमा विभन्न कार्यक्रम सहित वार्षिक उत्सव मनाउँदै आएको संस्थाका अध्यक्ष शाक्यले बताए । वार्षिक उत्सवको अवसरमा संस्थाले यसअघि रक्तदान, प्यूठान अस्पताका विरामीलाई फलफूल वितरण, मल्लरानी गाउँपालिका वडा नम्वर ४ मा रहेका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, शारिरिक अपागं आवास गृहमा भोजन तथा शैक्षिक समाग्री सहयोग संगै कर्मचारी र कार्यसमिति विच संयूक्त वैठक लगाएत कार्यहरु सम्पन्न गरेको संस्थाले जनाएको छ । प्यूठान, रोल्पा र अर्घाखाँची जिल्लामा संस्थाले विभिन्न परियोजनाहरु संचाल गर्दै आएको छ ।

पत्रकार तथा कर्मचारी सम्मान
बार्षिक उत्सवको अवसरमा संस्थाले जिल्लामा उत्कृष्ट कार्य गर्ने एक जना पत्रकार, एक जना राष्ट्रसेवक कर्मचारी र संस्थाका विभिन्न परियोजनामा कार्यरत पाँच जना कर्मचारीलाई पुरस्कृत गरेको छ । गोरखापत्र दैनिकका प्यूठान संवाददाता विलम प्रसाद पोख्रेललाई संस्थाले नगद पुरस्कार सहित सम्मान पत्रद्धारा पुरस्कृत गरेको हो ।

यस्तै सडक पुर्वाधार कार्यालय प्यूठानका निमित्त प्रमुख चन्द्र शाहलाई जिल्लाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरेको छ ।

उत्कृष्ट कर्मचारी अन्तरगत एच.आई.भी रोकथाम परियोजना अन्तरगत अर्घाखाँची जिल्लामा सामाजिक परिचालक पदमा कार्यरत लक्ष्मी वन्जाडे र संगिता पौडेललाई नगद तथा प्रमाण पत्र सहित पुरस्कृत गरेको छ । यस्तै सोही परियोजना अन्तरगत प्यूठान जिल्लामा कार्यरत संगिता सुनार,हेफर परियोजना अन्तरगत सिता पौडेल र किशोर किशोरी प्रजनन् स्वास्थय कार्यक्रम अन्तरगत प्रतिक्षा गाहाँ पुरस्कृत भएका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?