शनिबार, भदौ २१, २०८२

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दिए ग्याल्पो ल्होसारको शुभकामना

 

बुटवल ,लुम्बिनी प्रदेश प्रमुख अमिक शेरेचनले सेर्पा समुदायको ऐतिहासिक पर्व २१५१ औं अवसरमा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएकाछन।

 

उनले  लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन्।

नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होसार’ का अवसरमा आज शुभकामना दिँदै उनले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताएका हुन्।

उनले स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा २१५१ औंको  अवसरमा शुभकामना व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरेचनले  ग्याल्पो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रदेश प्रमुख अमिक शेरेचनले  पूर्वी हिमाली क्षेत्रलगायत देशका विभिन्न भूभागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?