शनिबार, साउन १२, २०८१

प्रगतिशीलका प्रज्वोल पहाडी महासंघ प्युठानको कोषाध्यक्षमा निर्विरोध निर्वाचित

प्युठान नेपाल पत्रकार महासंघ, प्युठान शाखाको कोषाध्यक्षमा प्रज्वल पहाडी केसी निर्विरोध निर्वाचित हुनुभएको छ । पहाडी प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएमले सामाजिक सञ्जालमार्फत पहाडी निर्वारोध निर्वाचित हुनुभएको जानकारी दिनुभएको छ ।

यसअघि कपिल वस्तुमा प्रगतिशीलको तर्फबाट उम्मेदवारी दिनुभएका महिला सदस्यमा सृजना खनाल र केन्द्रीय पार्षदमा शशिधर सापकोटा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन यही चैत २५ गते एकै दिन हुँदैछ । महासंघको केन्द्रमा प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएमले समावेशी उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने केन्द्रीय सदस्यमा भाषा शर्मा र लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा सुमन अधिकारीले उम्मेदवारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal