शनिबार, भदौ २१, २०८२

अब उठ्नै पर्छ नारी शक्ति एक जुट भएर

  • कमला बगाले

शुभकामना आधा धर्ती आकाश ओगटेका नारीलाई ।
शुभकामना नारी दिवश मनाउन आउनु भएकालाई ॥
आउँ दिदिबहिनी हामी सबै मिली अगाडि बढौं ।
हामीले पाएका हक अधिकारलाई सदुपयोग गरौं ॥

बल्कृतित भएर मर्न पर्ने हामी नारी ।
अन्याय र अत्याचार किन हुन्छ हामी माथी ॥
न त सानो बच्चा भन्छ, न त दिदी बहिनी ।
यस्तो देशमा हामीले न्याय कहिले पाउनी ?

जन्मलिई आफ्नो पूरा आयु बाच्न दिन्न हामीलाई ।
छोरी मान्छे भइ जन्म लियौं दोष दिउँ कसलाई ?
कसैलाई अकाल मै झुन्डाउँ छन् कसैलाई दफनाउँछन् ।
अहंकारी र पापाीहरु हुनिर्दोषी छु भन्दै धङधङाउँछन् ॥

कहिलैसम्म बस्ने हामी चेलीहरू शोषण दमन सहेर ।
अब उठ्नै पर्छ नारी शक्ति एक जुट भएर ॥
जुन ठाउँ पुग्छौं, त्यहाँ हाम्रो अधिकार के कम छ ?
जस्तो परिस्थिति आए पनि हिम्मत कहिलै नहार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?