शनिबार, साउन १२, २०८१

पत्रकार महासंघको निर्वाचमा सहकार्य गरेर जानी चार पत्रकार संगठन को सहमति

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गरेर जान पाँच बुँदे सहमति गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट कार्यवाहक अध्यक्ष नारायण पंगेनी, प्रगतिशील पत्रकार संघ, नेपालको तर्फबाट अध्यक्ष उदय जिएम, जनपत्रकार संगठन, नेपालको तर्फबाट शेरबहादुर विक, प्रेस नेपालको तर्फबाट केशव अर्यालको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा पाँच बुँदे सहमतिको आधारमा पत्रकार महासंघको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएको जनाइएको छ ।

वक्तव्यमा उल्लेखित पाँच बुँदे सहमति यस्ता रहेका छन् ः
१.श्रमजीवी पत्रकारहरूको हकहितको पक्षमा विगतदेखि आन्दोलनरत रहँदै आएका हामी पत्रकार सङ्गठनहरूबिचको विगतको सहकार्यलाई आसन्न निर्वाचनको क्रममा पनि निरन्तरता दिन प्रतिबद्ध छौँ ।
२. नेपाल पत्रकार महासङ्घको सबै तहका संरचनाहरूमा वैचारिक लगायत विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिक रुपमा साझा र समावेशी हुने गरी सबै क्रियाशील सङ्घ–सङ्गठनको प्रतिनिधित्वको सुनिश्चितताका लागि सम्बन्धित सबै पक्षसित अपिल गर्दछौँ ।
३. पत्रकारहरूको पेशागत एवम् भौतिक सुरक्षाका ग्यारेण्टीका लागि सम्बन्धित निकायलाई पहल गर्न र खबरदारी गर्न आव्हान गर्दछौँ ।
४. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टीका लागि सम्बन्धित निकायमा दबाब सिर्जना गर्दै प्रेस स्वतन्त्रता विरोधी कानुनहरूको खारेजीको माग गर्दछौँ ।
५. नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न सरोकारवाला सबै पक्षसित अपिल गर्दछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal