
नारायण जिसि प्युठान झिमरुक
जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय मच्छी प्युठानद्वारा झिमरुक गाउँपालिका वडा नं.७ हिडडाँडामा गठन गरिएको केन्द्र नं. १३२ का सदस्यहरुलाई आज बिउपल बितरण कार्यक्रम सम्पन्न भएको छ।
केन्द्रकी प्रमुख रमा गिरीको अध्यक्षतामा तथा कनिष्ठ सहायक पदमा कार्यरत दुर्गा प्रसाद पोख्रेल शाखा प्रवन्धक सन्तोष बुढा मगर केन्द्र न. १३२ का प्रमुख तथा उप प्रमुख लगायत २२ जना सदस्यहरुको सहभागितामा बिउपल बितरण कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा बाेडी,काक्रो ,सिमी र भिन्डी लगायत वेमाैसमी तरकारीको बीउ वितरण गरिएको थियाे।











