शनिबार, साउन १२, २०८१

प्रगतीशिलद्वारा वागी उम्मेद्वार सह–सचिवलाई निलम्बन

कपिलवस्तु चैत्र २३ । राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संगठन प्रगतीशिल पत्रकार संघ कपिलवस्तुले वागी उम्मेद्वारलाई सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।
पत्रकार महासंघ कपिलवस्तु शाखामा साझा प्यानललाई जिताउन बागी उम्मेद्वार महिला उपाध्यक्ष शारदा के.सी.लाई निलम्बन गरिएकोे प्रगतीशिलले जनाएको छ । प्रगतिशिलका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष माधव भाट क्षेत्रीले जिल्लाको समिकरणलाई जिताउन उम्मेद्वारी फिर्ता लिन गरिएको आग्रह अटेर गरेको र संगठनको विधान नीति नियम विपरित संगठनलाई आँच आउने कार्य गरेकाले कार्वाही गरिएको विज्ञप्तिमा उल्लेख छ । भाटले समिकरणमा प्रगतिशील पत्रकार संघ प्रतिबद्ध रहेको र जिल्लाको छापलाई कायम राखिने विज्ञप्तीमा उल्लेख छ ।
यही २५ गते हुने पत्रकार महासंघ कपिलवस्तु शाखामा प्रेस युनियनको नेतृत्वमा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सगठन, प्रगतिशील पत्रकार संघले साझा समीकरण बनाएर चुनावी मैदनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal