
नारायण जिसि प्युठान झिमरुक ,
शिक्षा ऐन २०२८ को नवौँ संशोधनको दफा १२ को उपदफा १ को खण्ड क र ख बमोजिम तथा झिमरुक गाउँपालिकाको कार्यविधि अनुसार आज मिति २०८०/ १२/०६ गते वि.व्य.स. समितिले पूर्णता पाए अनुसार तपसिल बमोजिम विद्यालय व्यवस्थापन समिति गठन भएको छ।
समितिको अध्यक्ष केशरजङ्ग एम.सी. सदस्यहरुमा मान बहादुर जी.सी.,रमा परियार, जमुना पोख्रेल ,मञ्जु एम.सी.(चन्दादाता),मिन बहादुर खत्री (वडा प्रतिनिधि),धनिराम जैशी (गा. पा. मनोनित) वसन्ता थापा (शिक्षक प्रतिनिधि) र सदस्य सचिव खोडस बहादुर के.सी.(प्रधानाध्यापक) रहनु भएको छ।











