मङ्लबार, बैशाख १८, २०८१

मर्यादित रुपमा होलिपर्व मनाउन प्युठान प्रशासनको सबैमा आग्रह

१० चैत्र, प्युठान
जिल्ला प्रशासन कार्यालय प्युठानले नेपालीहरुले मनाउने होलिप्रवलाई मर्यादित रुपमा मनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकीय अधिकृत जालन्दर भुसालको हस्ताक्षरमा चैत्र १० गते एक सुचना प्रकाशित गरि होलिपुर्णिामाको दिन चीनजान, आफन्त तथा साथीभाईको बिचमा आपसी, परस्पर सम्बन्ध अनुसार रङ्गछाप्ने, अभिरदल्ने गरि उत्सवको रुपमा मनाउन, एक अर्कामा खुसी साट्न सबैमा आग्रह गरिएको छ ।

सुचनामा भनिएको छ बाटोमा हिड्ने मानिस, इच्छा बिपरित रङ्गदल्ने, लोला हान्ने, पानी वा फोहोरपानीले हान्ने जस्ता अमर्यादित र अवाञ्छिनिय कार्य नगर्न अनुरोध गरिएको छ।

यदि कोहि कसैले होलिको नमामा जबर्जस्त, मर्यादा बिपरितका घटना घटाउने वा कार्य गरेको पाइएमा कानुन अनुसार कडा करबाही गरिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताउनु भयो।
यहि चैत्र ११ गते पहाडी जिल्लामा होलिपर्व मनाउने तयारी छ भने तराईमा १२ गते मनाइने भएको छ। होलिपुर्णिामाको दिन सार्वजनिक बिदा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?