
नारायण जिसि प्युठान झिमरुक
पैसाको संरक्षण गरौ भविष्यलाई सुरक्षीत गरौ भन्ने मुल नाराका साथ जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय मच्छी प्युठानकाे आयोजनामा झिमरुक गाउँपालिका ५ ओखरकोटमा केन्द्र नं. ३२,३८,१२१,१२३ का सदस्यहरु, बिद्यार्थीहरु र अभिभावकहरुकाे सहभागितामा केन्द्र न. ३२ का प्रमुख बालिका जि.सी.को अध्यक्षतामा Global money week 2024 कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अथिति झिमरुक गाउँपालिका ५ का वडा अध्यक्ष दधिराम पोख्रेल विशेष अथिति उद्द्म विकास अधिकृत राजन थापा ,दुर्गा प्रसाद पोख्रेल ,सरिता के.सी. ,अम्बिका अधिकारी, शाखा प्रवन्धक सन्तोष बुढा मगरकाे सहभागितामा सम्पन्न भयो । साथै यस कार्यक्रममा होलिको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।
वित्तीय शिक्षाकाे सन्दर्भमा नेपाल राष्ट्र वैकले विगत १२ वर्ष देखि संचालन गर्दै आएकाे छ।यस वर्ष देसभरका वित्तीय संस्थाहरुलाई चैत ५ देखि चैत १२ सम्म मनाउन निर्देशन दिएकाे छ।
वैक सम्वन्धि सम्पूर्ण ज्ञान सम्पत्ति सुद्विकरण ,बचतकाे महत्त्व ,नाेटकाे जतन,उत्पादन मुलक क्षेत्रमा लगानी ,कर्जा सुरक्षा सम्वन्धि ज्ञानका साथ वित्तीय ज्ञान , सीप,मनाेवृद्वी गर्ने , विषयमा साक्षरता गरएिको थियोे ।