मङ्लबार, बैशाख १८, २०८१

गौमुखीको खुङमा पर्यटन प्रबर्द्धनका लागि एकदिने महोत्सव

११ चैत्र, प्युठान ।
जुमान सिंह केसी
गौमुखी गाउँपालिका ५ न. वडा खुङले खुङको धुरीमा गुफा क्षत्रको पर्यटन प्रबन्धन गर्नका लागि होलि पुर्णिामाको अवसरमा एक दिने महोत्सव कार्यक्रमको आयोजना गरेको छ।
प्राकृतिक तथा प्रयटकिय दृष्टिकोणले अत्यन्तै सम्भावना भएको ठाउँ भएकोले टोप्रे गुफाको बारेमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष बरुणध्वज मल्लले बताउनु भयो।

उहाँले भन्नू भयो यो ठाउँ गुल्मी र प्युठानको सिमानामा रहेकोले दुबै जिल्लाका जोडिएका पालिकाको समन्वय तथा सहकार्यमा पर्यटन क्षत्र बिस्तार र बिकास गर्ने समजदारी भएको समेत जानकारी दिनु भयो।

साहसिक दौड तथा टोप्रे गुफा महोत्सव कार्यक्रमका प्रमुख अतिथि प्युठानका प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापाले पर्यटन बिकासले ग्रामीण भेगमा बसोबास गर्ने समुदायलाई प्रत्येक्ष फाइदा हुने भन्दै यसको आवस्यक प्रबर्द्धन र बिकासलाई सबैले साझा मुद्दा बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो थापाले भन्नु भयो।

प्युठानको बिकासमा सबै एक भएर लाग्न पर्ने आवस्यकता रहेको भन्दै बिकासमा राजनीति गर्न आवस्यक नरहेको बताउनु भयो।
उहाँले भालुबाङ- प्युठान, बाग्दुला – ठुलाबेसी भिङिठे सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल भैरहेको समेत औलाउनु भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका समन्वय प्रमुख धरम बहादुर जिसी, गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, माण्डबी गाउँपालिका अध्यक्ष नमराज अधिकारी र बडीगाड गाउँपालिका बाग्लुङका उपाध्यक्ष भिमसेन वनले शुभकामना मन्त्ब्य राख्नु भएको थियो।

खुल्ला पुरुष तथा महिला दौड प्रतियोगिताको आयोजना गरिएको थियो जसमा २९ मिनेटमा रुपाचौर देखि गुफाको धुरीमा पुग्न सफल रजवाराका इन्द्र पुनमगर प्रथम, खुङका सन्तोष मल्ल दोस्रो , खुङका कृष्ण आचर्य तेस्रो र महिला तर्फ ३१ मिनेटमा रजवाराका अञ्जली मल्ल प्रथम, खुङका सृजना मल्ल दोस्रो र चमेली बिष्ट तेस्रो भएका थिए । उनिहरुलाई प्रथम, द्वितीय ,तृतीय क्रमश दस हजार, सात हजार , तिनहजार र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रम र वडा कार्यालयबाट बाजागाजा, र्याली सहित रुपाचौरमा औपचारिक कार्यक्रम गरि टोप्रे गुफामा त्यस ठाउको महत्त्वको बारेमा कार्यक्रम गरिएको थियो।
गुल्मीको मदाने गाउँपालिका जनप्रतिनिधि, गौमुखी गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला स्थिति राजनैतिक दल, संघसंगठनका पर्तिनिधी, आम नागरिक तथा पत्रकार लगाएतको उल्लेखनीय जनसहभागिता रहेको थियो।

कार्यक्रममा नृत्य, बाजागाजा समेत प्रस्तुत गरिएको थियो। पर्यटन प्रबर्द्धन समितीका सह संयोजक पुस्पा मल्लले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तब्य राख्नु भएको थियो। संचालन वडा सचीव बिनोद कार्कीले गर्नु भएको थियो भने अध्यक्षता वडा अध्यक्ष बरुणध्वज मल्लले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?