
नारायण जिसि ,प्युठान झिमरुक
सीता माध्यमिक विद्यालय झिमरुक गाँउपालिका वडा नं.७ कुतामा रु १०५०००/-एकलाख पाँच हजारकाे अक्षयकोष स्थापना भएको छ।
विद्यालयका संस्थापक ददिराम पाेख्रेलकी धर्मपत्नी दुर्गादेवी पाेख्रेलले स्वर्गीय छाेराहरु युवराज पाेख्रेल र नवराज पाेख्रेलकाे नाममा उक्त अक्षयकोष स्थापना गर्नुभएको हाे।
आफ्नो चाैरासीपुजाकाे अवसरमा उहाँले चाैरासी पुजा नगरेर अक्षयकोष स्थापना गर्नु भएको हाे।
स्मरण रहाेस यस भन्दा अगाडि रु६०,०००/-अक्षयरुपी साठी हजार र साइला छाेरा नारायण प्रसाद पाख्रेलले रु ५१००।अक्षरुपी पाँच हजार एक सय गरी हाल सम्म जम्मा रु १,७०,१००/-एक लाख सत्तरी हजार एक सय मात्र काे ददिराम युवराज नवराज अक्षयकोष स्थापना भएको छ।