
खिमराज चालीसे
चंडिगढ
भारतको चंडिगढमा हिजो ३० मार्च २०२४ को चंडिगढ पूलीसले मृत फेला पारेको नेपाली युवक पिन बहादुर सुनारी वर्ष ३८ को शवको पहिचान पछि आफन्तहरुको रोहवरमा पोष्टमार्टम एंव दाहसंस्कार गरिएको छ।
पाल्पा जिल्ला निस्दी गाउपालिका वार्ड नम्वर ६ अर्चले निवासी ज्ञान बहादुर सुनारको छोरा पिन बहादुर सुनारी सेक्टर तिन चंडिगढको जंगल एरियामा हिजो चंडिगढ पूलीसलाई मृत फेला परेको थिए।
उनले के काम गर्थे? कुन ठाउमा बस्थे ? आत्महत्या किन र कसरी भयो लगाएतका विषय प्रहरी अनुसन्धानमा रहेको चंडिगढ प्रहरी एएसआई करण सिंहले बताएका छन।
मृतक पिन बहादुर सुनारीको आज ३१ मार्च २०२४ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत र आफन्तजनहरुको उपस्थितीमा पोष्टमार्टम पछि दाह सँस्कार गरिएको छ। भने संचारकर्मी खिमराज चालिसेको संचालनमा अंतिम सँस्कारमा सहभागीहरुद्धारा मृतक प्रति श्रंद्धान्जली अर्पित गर्दै एक मिनेट मौनधारण गरेकि थिए।