
जिल्ला सहकारी संघ लिमिटेड प्युठानको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस बिजुवार प्युठानमा मनाइएको छ।
सहकारी दिवसको अवसरमा जुम्री देखि विजुवार बजार सम्म प्रभात फेरी गरिएकाे छ । विजुवार मित्रमणी चोक अगाडि कोणसभा कार्यक्रम गरिएको हो।
जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष शुशिल पाेखरेलकाे अध्यक्षतामा भएको कोणसभाको संचालन प्रकाश बैधले गर्नु भएको थियो।
कोणसभामा संघका सल्लाहकार सहकारी लोक बहादुर बस्नेतले मन्तव्य राख्दै राज्यले निति नियममा सहकारीलाई स्थान दिए पनि व्यबहारमा राम्रो नगरेको बताउनु भयो उहाँले भन्नू भयो सहकारीको नियमन तथा सहजीकरण र आवस्यक सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नु भएको थियो।
उहाले भन्नु भयो सहकारी सस्थाहरु पनि एक बद्द भएर सहकारीको मर्म अनुसार अगाडि बढ्नु पर्ने धारणा राख्नु भएको थियो।
कोणसभामा बोल्ने वक्ताहरुले सहकारी हरुमा बेथिति बढ्दै गइरहेको अवस्थामा संचालक समिति, कर्मचारी र सबै सदस्यहरुले संबेदनसिल भएर काम गर्नु पर्ने बताएका थिए ।
प्युठानका अन्य विभिन्न सहकारीहरुले पनि सहकारी दिवस मनाएको जिल्ला सहकारी संघ लिमिटेड प्युठानले जनाएको छ।
दिवस कार्यक्रममा विभिन्न सहकारी सस्थाहरुको सहभागितामा मनाइएको छ।
प्रत्येक वर्ष चैत्र २० गते नेपालमा सहकारी दिवसको रुपमा मनाइन्छ ।