बुधबार, कार्तिक २०, २०८२ | Wednesday 5th November 2025
भूमिकास्थान युवा सञ्जाल क्लबको अध्यक्षमा भुसाल
झिमरुक पोस्ट
बुधबार, चैत्र २८, २०८०
सन्धिखर्क । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा टेकराज भुसालको नेतृत्वमा नगरस्तरीय युवा क्लब संजाल गठन भएको छ ।
२०८० चैत २८ गते बुधबार भूमिकास्थान नगरपालिकाको कार्यालयमा सम्पन्न भेलाले भुसाल संयोजक रहेको १३ सदस्यीय भूमिकास्थान नगरपालिका नगरस्तरीय सञ्जाल गठन गरेको हो ।
सञ्जालको सदस्यहरूमा क्रमशः सरोज बेल्बासे, बसन्ता नेपाली, अर्विन घर्तीमगर, बिपना रायमाझी, सुष्मा नेपाली, शर्मिला सारूमगर, अनिस श्रेष्ठ, सपना सुनार, रबिना नेपाली, शुस्मा परियार र मधु खनाल रहनुभएको छ भने एक सदस्य रिक्त राखिएको छ ।
भेलामा भूमिकास्थान नगरपालिकाका नगर प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष बाबुराम पन्थीसुनार, ३ नं. वडाका अध्यक्ष कृष्णप्रसाद बन्जाडे, ५ नं. वडाका अध्यक्ष जयगोपाल श्रेष्ठ, ८ नं. वडाका अध्यक्ष राजकुमार श्रेष्ठ, भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, विभिन्न शाखाका प्रमुख, कार्यपालिका सदस्य, राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेशका कार्यकारी सदस्य सरोज खनाल, लीलबहादुर विक, नमुना सङ्घीय सांसद विक्रम नेपाली र भूमिकास्थान नगरपालिकाका १० ओटा वडाबाट छनोट भएका प्रतिनिधिको उपस्थिति रहेको थियो ।