शुक्रबार, भदौ २०, २०८२

बास प्युठानले राष्ट्रिय झण्डा दिवस मनाइयो ।

 

बिमला पौडेल

खलंगा । बास नेपाल जिल्ला शाखा प्युठानलेआज बैशाख १ गते नेपाली राष्ट्रिय झण्डा दिवस मनाएको छ।

प्युठानको मल्लरानी पर्यटकीय स्थानमा दोस्रो फुड फेस्टीबल २०८० कार्यक्रमको अवसरमा राष्ट्रिय झण्डा दिवस मनाइएको बास प्युठानका निवर्तमान अध्यक्ष सुजल श्रेष्ठले बताउनु भयो।

कार्यक्रममा मन्तव्य राख्दै बास नेपाल जिल्ला शाखा प्युठानका अध्यक्ष जुमान सिंह केसीले राष्ट्रिय झण्डाको महत्त्वको बारेमा चर्चा गर्नु भयो उहाँले सरकारले राष्ट्रिय झण्डा दिवस मनाउनको लागि निर्णय गर्न समेत सुझाव दिनु भयो।

उहाँले भन्नू भयो सबै नेपालीले चौतर्फी आवाज उठाउन र झण्डाको सहि प्रयोग र सम्बर्द्धन गर्न जरुरी रहेको बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?