शनिबार, भदौ २१, २०८२

मल्लरानीमा खाना महोत्सवको आज दोस्रो दिन: हजारौं दर्शक सहभागी

 प्यूठान जिल्ला सदरमुकामको शिरमा अवस्थित मल्लरानी डाँडा पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । सदरमुकामदेखि नजिक र सहज गन्तव्य भएका कारण मल्लरानीमा आन्तरीक तथा बाह्य पर्यटक पुग्न थालेका हुन ।

मल्लरानी प्यूठानको दोस्रो दिन शनिबार बैशाख १ गते नयाँ बर्षको दिन हजारौं दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ।

मल्लरानीको महत्त्व यसको ऐतिहासिकता र पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ महोत्सव संचालन गरिएको कार्यक्रमका संयोजक तथा मल्लरानी बजार ईलाका अध्यक्ष बासु प्रसाद श्रेष्ठले जानकारी दिनु भयो।

स्थानीय नृत्य प्रतियोगिता समेत संचालन गरिएको  आयोजकले जनाएको छ।
दोस्रो दिनमा र्राष्ट्रिय  कलाकार कृष्ण रयाउले र कुसुम परियारले साङितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
आइतबार जनगाएक जीवन शर्मा लगाएतका कलाकार आउने आयोजकले बताएको छ।
तीन दिन सम्म संचालन हुने महोत्सव आइतबार समापन गरिने भएको छ।

प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार इलाकाकाको आयोजनामा भएको कार्यक्रममा  प्रतिनिधि सभा सदस्य मा. सुर्य बहादुर थापले शुक्रबार उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार बिजयसिंह भारतीले गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?