बुधबार, माघ २३, २०८१

स्पिच थेरापी सम्बन्धि ५ दिने तालिम काठमाडौंमा चल्दै

काठमाडौं
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको डाडागाउमा स्पिच थेरापी सम्बन्धि ५ दिने आवासीय तालिम सोमबार देखि सुरु भएको छ।

नेपाल भकभके संघको आयोजनामा तालिम संचालन भएको छ। बोल्दा अप्ठ्यारो हुने भकभके बोली भएका ब्यक्तिको अवस्थालाई स्पिच थेरापी तालीमको माध्यमबाट सुधार गर्ने उदेश्यले तालिम संचालन गरिएको संघका महासचिव शंकरप्रसाद गौतमले बताउनु भयो।

उद्घाटन शत्रको प्रमुख अतिथि टोखा नगरपालिका सामाजिक महाशाखा प्रमुख साबित्रा न्यौपानेले बिना डर ढुक्क संग बोल्दै आफ्नो बोलिको सुधार गर्नु पर्ने सुझाव दिनु भयो।

समजाबाट पछाडी पारिएका वर्गलाई हितमा राखेर नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय,
टोखा नगरपालिकाको सहयोगमा तालिम संचालन गरिएको संघका अध्यक्ष रबिन कुमार मैनालीले बताउनु भयो।

५ दिने तालिममा विभिन्न स्पिच थेरापी सम्बन्धि प्रशिक्षकहरु बाट तालिम पर्दान गर्ने योजना रहेको उपाध्यक्ष प्रशान्त डङ्गोलले बताउनु भयो। उहाँले १० देखी १४ गते सम्म चल्ने तालीममा विभिन्न जिल्लाका २५ जना सहभागी रहेको बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?