ऐतिहासिक तीन अभियानसम्बन्धी नेकपा (मसाल) को अवधारणापत्र
झिमरुक पोस्ट
सोमवार, बैशाख १०, २०८१
अहिले हामी ऐतिहासिक तीन अभियानको अन्तिम चरणमा छौँ । तीन अभियानका सम्पूर्ण कार्यक्रमलाई पार्टीले कुशलतापूर्वक सम्पन्न गरेको छ र यही वैशाख १९ गते मे दिवसको अवसर पारेर पार्टीको नवौँ महाधिवेशन सम्पन्न भएको विभिन्न घोषणा कार्यक्रमसहित ऐतिहासिक तीन अभियानका सम्पूर्ण कार्यक्रम पूरा हुने छन् । तीन अभियानअन्तर्गत पार्टी स्थाफनाको हीरक जयन्ती, लेनिन शताब्दी स्मृतिदिवस र नवौँ महाधिवेशनको कार्यक्रम रहेका थिए। ती कार्यत्रमबाट आम पार्टी सदस्यको वैचारिक स्तर उकास्न हजारौँ प्रशिक्षण हुनुका साथै पार्टीलाई लेनिनवादी सङ्गठनात्मक धरातलमा अझ मजबुत प्रकारले स्थापित गर्नका लागि महत्त्वपूर्ण प्रयास भएका छन् । विभिन्न सङ्गठनात्मक अभियान सम्पन्न हुनुको साथै लेनिन शताब्दी स्मृतिदिवस र पार्टीको नवौँ महाधिवेशन समेत सानदार रूपले सम्पन्न भएका छन् । यसपछि पनि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको वर्तमान कठिन परिस्थितिमा समेत हाम्रो पार्टी देशको राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्दै मार्क्सवाद–लेनिनवाद–माओ विचारधाराको झन्डा उठाउन फ्रतिबद्ध छ । सबै साम्राज्यवादी शक्ति र महाशत्तिलाई स्तब्ध बनाउँदै हामीले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी प्रवाहलाई अगाडि बढाउने अठोट गर्नुपर्दछ ।
पार्टीको हीरक जयन्ती मनाउँदै गर्दा त्यसको ऐतिहासिक र गौरवपूर्ण इतिहासबाट सधैँ प्रशिक्षित हुन जरुरी छ । विसं २००६ साल वैशाख ९ गते (त्यस वर्ष उक्त दिन २२ अप्रिल) स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीका ७५ वर्ष बितेका छन् । पार्टी स्थापना भएपछि नेपालमा किसान, मजदुर, विद्यार्थी, महिला र विभिन्न पेसागत एवम् व्यवसायिक आन्दोलन विस्तार भएका थिए । त्यो सन्दर्भमा विभिन्न जनवर्गीय मोर्चासमेत अस्तित्वमा आएका थिए । नेपालमा मजदुर वर्गको विकासको अभावमा मजदुर आन्दोलन उच्च रूपमा प्रकट हुन नसकेको भए पनि किसान आन्दोलन भने ऐतिहासिक रूपमा सम्पन्न हुँदै आएका छन् । प्युठान, भैरहवा, नवलपरासी, रौतहट, सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा सम्पन्न भएका किसान आन्दोलनले नेपालको कम्युनिस्ट आन्दोलनलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान दिएको जगजाहेर छ । विभिन्न समयमा उठान गरिएका विद्यार्थी, शिक्षक, निजामति आदि आन्दोलनले पनि देशमा राजनीतिक परिवर्तनका लागि महŒवपूर्ण योगदान दिँदै आएका छन् । ती सबैमाथि कम्युनिस्ट पार्टीको कुनै न कुनै प्रभाव अनिवार्य रूपमा रहेको थियो ।
राणाशासनका अन्तिम वर्षको अवधिमा नेपाली काङ्ग्रेसले आफूलाई सुदृढ गरिसकेको अवस्थामा कम्युनिस्ट पार्टी भने भर्खर स्थापना हुँदै थियो । त्यसैले नेकपा राणाशासनका विरुद्धमा भए पनि निर्णायक आन्दोलन गर्ने शक्तिको रुपमा विकसित भइसकेको थिएन । स्थापनाकालको प्रारम्भमा त्यस प्रकारको स्थिति भए पनि भविष्यमा नेकपा एउटा महत्त्वपूर्ण शक्ति भएर ऊदायो र त्यो मजदुर किसान वर्गको मुक्तिको वास्तविक शत्तिको रूपमा परिचित भयो । त्यसले मार्क्सवाद–लेनिनवाद–माओ विचारधाराको झन्डा उठायो र कम्युनिस्ट घोषणापत्रबमोजिम आफ्नो लक्ष्य निर्धारित गर्यो ।
नेकपा स्थापनापछि वैचारिक सङ्घर्षको ठुलो आँधीबेरी चल्दा राजावादी, दक्षिणपन्थी संशोधनवादी, उग्रवामपन्थी, वामपन्थी सङ्कीर्णवादी, सङ्गठनात्मक अवसरवादी आदि भड्काव बेग्लाबेग्लै समयमा बेग्ला बेग्लै प्रकारले देखा पर्दै आएका छन् । तिनै भड्काव, विरोध र अन्तर्विरोधको विचबाट गुज्रिदै गर्दा नेकपामा विसं २०१९ मा तेस्रो महाधिवेशनपछि फुट पैदा भयो । त्यसपछि नेपालको कम्युनिस्ट आन्दोलनमा फुट र एकताका विभिन्न घटना घट्दै आएका छन् ।
हामीले सधैँ ध्यान दिने गरेका छौँ कि फुट वा एकता जे भए पनि कम्युनिस्ट सिद्धान्त, नीति र मूल्य विपरीत भएर कम्युनिस्ट पार्टीको निर्माण गर्न सम्भव छैन । त्यसैले सिद्धान्त, राजनीति र सङ्गठनात्मक रूपमा आएका भड्कावका विरुद्धमा क्रान्तिकारीहरूले सधैँ सम्झौताहीन सङ्घर्ष चलाउनुपरेको छ । त्यो अवस्थामा हामीले कैयौँपटक फुटको सामना गर्दै आउनुपरेको छ । हामीले गौरवतापूर्वक दाबी गर्न चाहन्छौँ कि उपर्युक्त सबै प्रकारका भड्कावका विरुद्ध लडेर नै आजको विश्व कम्युनिस्ट आन्दोलनको रक्षात्मक र कठिन परिस्थितिमा समेत नेपालमा एऊटा क्रान्तिकारी शत्तिलाई जोगाउन हामीलाई सफलता मिलेको छ । पार्टीभित्र उत्पन्न भएका कुनै पनि वैचारिक भड्कावसित सम्झौताहीन र निर्भयका साथ सङ्घर्ष गर्नाले नै हाम्रो पार्टीको क्रान्तिकारी चरित्रको रक्षा भएको कुरालाई कहिल्यै पनि बिर्सनु हुँदैन । यदि त्यस प्रकारको सङ्घर्ष हुँदैनथ्यो भने नेपालमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको कुनै अस्तित्व नै रहने थिएन । यो कुरा हामीले यस प्रकारले पनि दाबीपूर्वक भन्न सक्दछौँ कि आज नेपालको कम्युनिस्ट आन्दोलनमा जे जति समूह छन्, तिनीहरूमा वैचारिक समस्या, सङ्गठनात्मक विचलन र सही कार्यदिशाको अभाव देखिन्छ । ज्ञातव्य छ, क्रान्तिकारी सिद्धान्त, विचार र राजनीति तथा लेनिनवादी सङ्गठनात्मक पद्धति नभएको कुनै पनि सङ्गठन कम्युनिस्ट हुन सक्दैन । अरू समूह र सङ्गठनमा यी कुराको खडेरी छ तर हाम्रो पार्टीमा यी सबै कुरा विद्यमान छन् र त्यसलाई अझै सशक्त बनाउन हामी प्रयत्नशील रहँदै आएका छौँ ।
पार्टी स्थापनादेखि नवौँ महाधिवेशन सम्पन्न हुँदासम्मको सङ्घर्षको ऐतिहासिक फेहरिस्तलाई हामीले नियालेर हेर्न सक्दछौँ । संविधानसभाको लागि भएको लामो सङ्घर्ष, राजतन्त्र, प्रतिगमन, सङ्घीयता आदिका विरुद्ध भएका सङ्घर्षमा हाम्रो पार्टीले ऐतिहासिक भूमिकासहित आÇनो गौरवपूर्ण स्थान निर्माण गरेको छ । यी सबै पक्षले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनापछि कति महत्त्वपूर्ण चरण पार गरिएको छ भन्ने कुरालाई दर्शाउँछन् ।
कम्युनिस्ट शुभचिन्तकले नेपालमा कम्युनिस्ट एक हुनुपर्छ भन्ने शुभचिन्ता व्यक्त गर्दै आएका छन् । हामीले त्यो शुभचिन्ताको सम्मान गर्दछौँ तर त्यसरी शुभचिन्ता गरेर कम्युनिस्ट को हो र होइन भन्ने कुराको टुङ्गो लाग्न सक्दैन । कम्युनिस्टका बिचमा मात्र एकता हुन सक्ने कुरालाई जनताले पारदर्शितापूर्वक देख्न सक्दैनन् । त्यो अवस्थामा दक्षिणपन्थी अवसरवादीले जनता वा शुभचिन्तकको त्यस प्रकारको शुभभावको दोहन गर्दै आएका छन् । त्यसरी नेपालमा आज कम्युनिस्ट आन्दोलन अवसरवादको दलदलमा पतन भएको छ र ठुलो जनमत त्यसकै शिकार भएको छ । अहिले देशमा कम्युनिस्ट जनमत धेरै भए पनि त्यसमा क्रान्तिकारी सार नभएकाले त्यस प्रकारको जनमतबाट क्रान्तिकारी परिवर्तनका लागि खास योगदान हुन सकेको छैन तर पनि त्यो जनमतलाई कम्युनिस्ट आन्दोलनको विकासका लागि उपयोग गर्दै अगाडि बढ्नु क्रान्तिकारीको दायित्व हुन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको आजको मुख्य समस्या भनेको कार्यनीतिको नै हो । एकातिर, आफूलाई कम्युनिस्ट बताउने कतिपय समूह संसद्वादी दलदलमा भासिएका छन् । त्यसैले उनीहरूका सम्पूर्ण गतिविधि बुर्जुवा सङ्गठनका जस्ता बन्न गएका छन् र नैतिक रूपले पनि तिनीहरूको धेरै नै पतन भएको छ । अर्कातिर, आफूलाई क्रान्तिकारी बताउने कतिपय वामपन्थी सङ्गठनको वामपन्थी सङ्कीर्णवादी कार्यदिशाका कारणले उनीहरू देशको राजनीतिलाई ठोस विश्लेषण गर्न असमर्थ रहेका छन् । उनीहरूको कार्यदिशाले कतिपय अवस्थामा प्रतिगमनकारीलाई फाइदा पुग्ने अवस्थासमेत रहेको छ । उपर्युक्त दुबै समस्याबाट हाम्रो पार्टी माथि उठ्न सफल हुँदै आएको छ र ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै सही कार्यदिशाका साथ देशको राजनीतिमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
आजको देशको मुख्य समस्या वा खतरा जनआन्दोलन, जनसङ्घर्ष र जनताका विभिन्न बलिदानीबाट प्राप्त भएका उपलब्धि गुम्ने सम्भावना नै हो । प्रतिगमनकारी तत्त्वले लगातार जनआन्दोलनका उपलब्धिमाथि प्रहार गर्दै आएका छन् । ती उपलब्धि खासगरी गणतन्त्र र धर्मनिरपेक्षता हुन् र तिनीहरूको विकास नहुँदै प्रतिगमनकारीले तिनलाई समाप्त गर्न प्रयत्न गरिरहेका छन् । त्यसैले तिनीहरूको रक्षाको प्रश्न गम्भीर बन्न गएको छ । त्यसका साथै विभिन्न साम्राज्यवादी शक्तिबाट नेपालको राष्ट्रियतामाथि चुनौति पैदा हुँदै आएको छ, तिनीहरूका विरुद्ध देशभक्त जनताले ऐक्यबद्धताका साथ सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।
पार्टीको हीरक जयन्ती मनाइरहेको बेलामा हामीले सर्वहारा वर्गको मुक्तिको लागि सङ्घर्षरत र सत्ता सञ्चालक सर्वहारा वर्गको महान् प्रतिनिधि शक्ति कम्युनिस्ट पार्टी निर्माणको दायित्वलाई आत्मसात गर्दछौँ र त्यसअनुसार अगाडि बढ्ने ऐतिहासिक कर्तव्यलाई किमार्थ भुल्ने छैनौँ । हामीले सबै प्रकारका भड्कावका विरुद्ध सङ्घर्ष गरेर नै सही र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्न सक्छौँ र त्यो अभिभारा हामीले पूरा गर्ने छौँ र गर्नु पनि पर्दछ ।