
दिनेस रैदास, दाङ
२०८१ वैशाख १० सोमबार
नेकपा (मसाल) जिल्ला समिति दाङ्गले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवश कार्यक्रम गरी सम्पन्न भएको छ ।
राजमो जिल्ला समिति दाङका सदस्य चन्द्र बहादुर रावतको अध्यक्षता , अखिल नेपाल युवक संघ पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलको प्रमुख अतिथि तथा लेनिन जयन्ती तथा पार्टी स्थापना दिवश सहिदहरुप्रति एक मिनेट मौनधारण गरी राजमो जिल्ला कोसाध्यक्ष हरि खरेलको स्वागत् मन्तब्यबाट शुरू भएकाे थियाे।
लेनिन जयन्ती तथा पार्टी स्थापना दिवशमा प्रमुख अतिथि काशीनाथ पोख्रेल बोल्दै आम सर्बहारा बर्ग र जनताको लागि तानासाहा नभएर पूँजीपति तथा सामन्तवादहरुको लागि तानासाहा हो । यि कुराले जनताको मुक्ति हुँदैन। सर्बहारा बर्गको अधिनायकतत्वमा बढी ध्यान दिनुपर्छ। कम्युनिस्टको नाममा विभिन्न नामधारी कम्युनिस्ट पार्टी निर्माण भएका भए पनि नेपालको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) र नेतृत्वले अपनाएको नीति नै सही रहेको भन्दै क्रान्तिकारी पार्टीलाई ध्वस्त पार्न विभिन्न कोणबाट हुने प्रहारलाई निस्तेज गर्दै अघि बढ्नुपर्ने अहिलेको अपरिहार्य आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको थियो।
त्यसैगरी राजमो दाङका अध्यक्ष गणेश आचार्यले सबैभन्दा दुःखको विषय नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत हुन सकेन । कम्युनिस्ट सिद्धान्त र आदर्शमा रहन सबैलाइ गाह्रो भएका कारण विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा विभाजन भयो । नेपालमा राणा, पन्च र मुख्य जिम्मालहरुको प्रभाव कुनै न कुनै रुपमा कम्युनिस्ट आन्दोलनमा पनि पर्यो । जसका कारण कम्युनिस्ट नेताहरुमा पनि शासक बन्ने भुत सवार भयो ।
अखिल नेपाल किसान महासङ्घ जिल्ला सचिव मनिराम खनाल, अखिल नेपाल युवक संघ जिल्ला कोसाध्यक्ष श्रीराम भट्टराई, प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश पाण्डे, राजमो जिल्ला सदस्य कृष्णा राना, जातिय समतासमाजका सूर्यलाल नेपाली र अखिल (छैंठौ) जिल्ला सचिव दिनेस रैदास लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा राजमो बंगलाचुली अध्यक्ष सुमन घर्ती, खडानन्द खनाल, बुद्धि खडका अतिथि रहनु भएको थियो भने कार्यक्रमका सहजीकरण ऋषिराज पोख्रेलले गर्नु भएको थियो।