शनिबार, साउन १२, २०८१

नेकपा मसाल प्युठानले कम्युनिस्ट पार्टीको स्थापना र लेनिन जयन्तीमा अंतरक्रिया गर्‍यो

 

प्युठान । नेकपा मसाल जिल्ला समिती प्युठानको आयोजनामा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा तथा १५५औं लेनिन जयन्ती दिवस मनाएको छ।
बहुउद्देश्यीय शैक्षिक सभाहल पुन्यखोलामा आज एक कार्यक्रम गरि मनाएको छ।

कम्युनिस्ट पार्टीको ७५ वर्ष पार गरेको र लेनिनको १५५ औं जयन्तीको अवसरमा पार्टीले अन्तर्क्रिया कार्यक्रम गरेको नेकपा मसाल प्युठानले जनाएको छ।

अंतरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्री, नेकपा मसालका लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य उमराम पौडेल, नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष भोजविक्रम बुढामगर, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका टिकाराम पौडेल, नेकपा मालेका तिल विक्रम केसी लगाएतले आफ्नो मन्तव्य राख्नु भएको थियो।

बोल्ने नेताहरुले कम्युनिस्ट आन्दोलनको रक्षा र समाजवादी व्यवस्थाप्रति चासो चिन्ता गरेका थिए ।नेपाली जनताले आन्दोलनको बलमा स्थपित ब्यबस्था गुम्ने खतरा रहेको भन्दै सजग हुन आग्रह गरेका थिए ।

कम्युनिस्ट पार्टीहरु पनि बास्तबिक कम्युनिस्ट हुन नसकेको भन्दै सर्बहारा बर्गको पार्टी बन्नु पर्ने उल्लेख गरेका थिए ।
एमसीसी, महाकाली सन्धी, नागरिकता विधेक बामपन्थि हरुले पासगर्नु विडम्बना र दु:खद भएको नेकपा मसालले जनाएको छ।

देशमा हुने गरेका विकृति, बिसङती, भ्रस्टाचार र साझा सवालमा संयुक्त मोर्चा निर्माण गरेर अगाडी बढ्न आवस्यक रहेको वक्ताहरुको भनाइ थियो।

नेकपा मसाल प्युठानका प्रवक्ता राम पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन धुर्व थापाले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal