आइतवार, बैशाख ३०, २०८१

शिक्षा अभियान चलाउने टेक बहादुर सुनारको तीसौं स्मृति दिवस

झिमरुक संवाददाता , प्युठान

सरकारबाट सुकोपैसा तलब नपाए पनि उन्नाइस वर्ष सम्म अनवरत रुपमा शिक्षा अभियान चलाउने टेक बहादुर सुनारको आज तीसौं स्मृति दिवस मनाइएको छ।

उहाँको जन्म गाउँ प्यूठानको लिवाङ स्थित भृकुटी मावि प्राङ्गणमा उपस्थित सयौं जनाले दिवंगत टेक बहादुर सुनारप्रति श्रद्धाञ्जली र मौनधारणा समेत हरेका थिए । अपाङ्गता तथा दलित शिक्षक टेक बहादुर सुनारले पुजाको गोठाटी, खलाचौर, लैसारा, जाडागाँउ र घोप्टेमा गरी पाँचवटा विद्यालयहरु  स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो।

उहाँको जन्म २००० साल पुष ५ गते लीबाङको बाँझाखर्कमा भएको थियो । ५१ वर्षको उमेरमा उहाँको २०५१ साल वैशाख ११ गते दुःखद मृत्यु भएको पारिवारका सदस्यले बताएका छ्न।टेक बहादुरको  जीवनी गौमुुुुखि गाउँपालिकाले निर्माण गरेको स्त्थानीय पाााठ्यक्रममा समावेश गरिएको छ।

गौमुखी गाउँपालिका वाड न. ५ ठुलाबेसी निवासी हाल लण्डनमा बस्दै आएका पुस्प न्यौपाने र सुजाता चन्दद्वारा २०७८ मा स्थापना गरिएको “जलजला शिक्षा प्रोत्साहन पुरस्कार” बाट टेक बहादुर सुनारको स्मृती दिवसको अवसरमामा शुक्रबार प्रदान गरिएको जलजला शिक्षा प्रोत्साहन पुरुस्कारका अभिभावक तथा समाजसेवी ज्ञामुराम न्यौपानेले बताउनु भयो।

कक्षा आठको गाउँपालिका स्तरिय परिक्षामा प्रथम,द्धितीय स्थान हासिल गर्ने चार जना दलित छात्रालाई जनही पाँच हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको न्यौपानेले बताउनु भयो।

दलित तर्फ उत्कृष्ट विद्यार्थि निर्माण गर्ने भृकुटी मावि लिवाङलाई ११ हजार पुरस्कार प्रदान गरिएको छ।पुरस्कृत हुने छात्राहरुमा;
विपना सुनार भृकुटी मावि लिवाङ , अमृता विश्वकर्मा गौमुखी मावि ठूलाबेसी, यूनिसा सुनार ज्ञानोदय आवि रजबारा, नर्मी सुनार महेन्द्र मावि पुजा रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?