बुटवल,   नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा साधारण सभा भएको छ । शनिबार सम्पन्न अधिवेशन तथा साधारण सभामा पत्रकारलाइ पुरस्कृत र सम्मानसमेत गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले पे्रसमाथि आक्रमण कायमै रहेको बताए । परिवर्तन भएपनि पे्रसमाथि राज्यको प्रवृत्ति कुण्ठित रहेको उनले बताए । प्रेसमाथि आक्रकण भएपनि जवाफदेही पत्रकारिता आजको आवश्यक्ता भएको बताउनुभयो । जसको सरकार भएपनि जुन प्रधानमन्त्री भएपनि पत्रकारहरु पत्रकारिताको मुलमुद्वामा एक ठाउं हुनुपर्ने अध्यक्ष पोखरेलको भनाइ छ ।

अध्यक्ष श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसकेको बताउंदै पत्रकारिताको नाममा विसंगति खालका काम गर्न कसैलाई छुट छैन उनले भने । शुद्विकरण अभियान निरन्तर चल्ने मुमुेण्ट भएको उल्लेख गर्दै महासंघको सदस्यातका लागि शुद्विकरण अभियान प्रारम्भ भएको र यो चलिरहेने बताए । अध्यक्ष पोखरेलले सरकार सरकार जस्तो, संसद संसद जस्तो र अदालत अदालत जस्तो नहुंदा नागरिकले न्याय पाउन नसकेकाले पत्रकारिता जवफादेही हुनुपर्नेमा जोड दिए ।

पे्रस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघको चरित्र साझा हुनुपर्ने बताए ।उनले पत्रकार महासंले असल संस्कृति र असल संस्कार दिनुपर्छ भन्नुभयो । मापदण्ड र मापनको आधारमा भेदभाव नगरी सदस्यता शुुद्विकरण गर्नुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले राम्रा कामको समाचार बनाइदिन आग्रह गर्दै विकास निर्माणका कामलाई प्राथमिकता दिन आग्रह गरे । पत्रकारहरुको उन्नतीका लागि बुटवल उपमहानगरपालिकाले मिडियामा ठूलो धनराशी लगानी गरेको बताइन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेय, नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, राष्ट्रिय जनमोर्चा रुपन्देही टानबहादुर केसी, नेकपाका शरद ओली, नेपाली कांगे्रसका क्षेत्रीय सभापति प्रजापाल गिरी, नेकपा माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेनद्र भुसाल, नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पश्चिमाञ्चल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरे, सल्लाहकार खिमानन्द भट्टराई, दिनेश पाण्डेय लगायतले बोल्दै पत्रकारितालई मर्यादित र विश्वासनीय बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार टोपराज शर्मालाई र २०७९ बाट पत्रकार कपिल ज्ञवालीलाई नगदसहित पुरस्कृत गरेको छ । त्यस्तै खेम ओमी महिला शसक्तिकरण पत्रकारिता पुरस्कारबाट पत्रकार शारदा मल्ललाई र सिद्वार्थ श्रमजीवि पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार दीपक घिमिरेलाई नगदसहित पुरस्कृत गरिएको छ ।

पे्रस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्की, दिल साहानी र अर्जुन ज्ञवालीलाई पत्रकार महासंघ रुपन्देहीले सम्मान गरेको छ । त्यस्तै महासंघले महासंघका पूर्व अध्यक्षहरु र सल्लाहाकारहरुलाई पनि सम्मान गरेको । महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता, सचिव विनोद परियारको सञ्चालन, उपाध्यक्ष अमृता अनमोलको स्वागत र उपाध्यक्ष विश्वास ढकालको धन्यबाद ज्ञापनका कार्यक्रम भएको थियो । त्यस्तै मृतक पत्रकारका परिवारका सदस्यहरुलाई पनि पत्रकार महासंघ रुपन्देहीले आर्थिक सहयोग गरेको थियो