मङ्लबार, जेष्ठ ८, २०८१

बुटवलमा ई रिक्सा चालकहरुको ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न

 

बुटवल ,रुपन्देही ,

सुरक्षित यात्रा तथा यात्राकाे क्रममा सवारी दुर्घटना न्युनिकरणकाे निम्ति ट्राफिक नियमकाे पालना अनिवार्य पालना गर्दा सम्भावित जाेखिम तथा क्षतिवाट वच्न सकिन्छ । ताेकिएका नियमकाे परिपालना गर्दा सडकमा यात्रु, चालक तथा सवारीले सहज, सरल, सुरक्षित यात्राकाे प्रत्याभुति गर्न सक्छन । सवारीकाे अबस्था, चालकले सवारी चलाउदा पुरा गर्नुपर्ने दायित्व तथा जिम्मेवारी सन्दर्भमा पहिलाे पाईला नेपाल बुटवल शाखाकाे आयाेजनामा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । बिशेषगरी छाेटाे दुरीमा बुटवल नगर क्षेत्रभित्र नगरकाे अनुमति लिई सञ्चालनमा रहेका ईरिक्साकाे कारणले भएका सडक दुर्घटना, ट्राफिक नियमकाे अवज्ञा र साेकाे कारणले बढेकाे जाेखिम साथसाथै सुरक्षित यात्राकाे निम्ति ईरिक्सा चालकहरुलाई लक्षित गरि उक्त कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

 

पहिलो पाईला नेपाल बुटवल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनि प्रदेश सरकारका अान्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीकाे प्रमुख अातिथ्यता, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबू खत्री, पहिलाे पाईला नेपाल केन्द्रीय महासचिव विनाेद महतकाे विशिष्ट आतिथ्यता, बुटवल शाखा सल्लाहाकार ठाकुर गैरे, गंगाधर न्याैपाने, शंकर बस्याल लगायतकाेआतिथ्यता, बुटवल नगरभित्र सञ्चालनमा रहेकाे स्वराेजगार ईरिक्सा चालकहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रमलाई सम्वाेधन गर्दै लुम्विनि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिने पन्थीले सवारी दुर्घटनाका कारणहरु मानविय र प्राबिधिक कारण रहेकाे आैल्याउदै मानविय कारणहरुलाई हल गर्न सके आकस्मिक आउने प्राबिधिक कारणले ठुलाे सम्भावित दुर्घटना तथा क्षति न्युनिकरण हुने बताउनुभएकाे थियाे । साथै सडककाे अवस्थाकाे कारणले हुने दुर्घटनामा तर्फ ईंकित गर्दै उहाले देशकाे अबस्था, बिकासकाे गति, राज्यकाे कमजाेर नियमन, लापरवाहिकाे कारणले सडककाे स्तर सुध्रन नसकेकाे जिकिर गर्नुएकाे थियाे । सवारी चालककाे जिम्मेवारी सडकका हिड्ने पैदल यात्रु, सवारीमा सवार यात्रु देखी आफू र आफ्नाे परिवार समेत रहेकाेले संयमित भई ट्राफिक नियमकाे पालना गरि सवारी चलाउन अनुराेध गर्नुभएकाे थियाे । उहाँले आफ्नाे मन्त्रालयकाे जिम्मेवारी तथा कामकाे जानकारी लिदै प्रदेश सरकारकाे क्षेत्राधिकार भित्र पर्ने कानुनकाे संसाेधन, कानुनु निर्माणकाे निम्ति आफ्नाे प्रमुख प्राथमिकता रहेकाे र साेकाे लागि आफ्नाे तहवाट सुझाव प्रदान गर्न समेत आग्रह गर्नुभएकाे थियाे । कानुनी राज्यमा कानुन प्रमुख रहेकाे, कानुन भन्दा माथी काेही नरहेकाे र कानुनले सबैलाई समान नजरले देख्ने भएकाेले कुनै कानुनमा संसाेधन गर्न आबश्यक भए सुझाव पेश गर्ने आग्रह गर्नुभएकाे थियाे ।

 

साेही कार्यक्रममा बाेल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्याम बाबू खत्रीले सानाे सवारीमा जाेखिम उच्च हुने, ट्राफिक नियम उल्लङ्घनका साना सवारी बढी देखिने गरेकाे साथै प्रदेशभर हरेक दिन साना सवारीकाे दुर्घटना दर उच्च भएकाे र हरेक दिन दुर्घटनाकाे कारण १-३ जना सम्मकाे ज्यान गएकाे जानकारी गराउदै सानाे कारणले ठुलाे दुर्घटना भईरहेकाे, जसले गर्दा जनधनकाे क्षति भएकाे जसकाे कारण सवारी चालक रहेकाेले सवारी चालकले जिम्मेवारीबाेध गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे । सडकमा बढ्दाे सवारी चापकाे कारणले गर्दा सडक सहर अस्तब्यबस्त भईरहेकाेले ट्राफिक नियमकाे पालना गर्दा साेकाे न्युनिकरण हुने उहाँले बताउनुभएकाे थियाे ।

कार्यक्रममा पहिलाे पाईला नेपाल बुटवल शाखा सल्लाहाकार ठाकुर गैरे, हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण प्रसाद तिवारीले मन्तब्य राख्नुभएकाे थियाे भने शाखा उपाध्यक्ष सन्ताेष बन्जाडेले स्वागत मन्तब्य, कार्यक्रम संयाेजक कमल पाेख्रेलले धन्यवाद मन्तब्य राख्नुभएकाे थियाे । साथै बुटव शाखा अध्यक्ष विनाेद बस्यालले कार्यक्रमकाे उदेश्यकाे बारेमा सहभागीहरुलाई प्रष्ट पार्दै प्रशिक्षणबाट जिम्मेवारी चालक बन्न सबैलाई आग्रह गर्नुभएकाे थियाे ।

कार्यक्रममा बुटवल नगरमा दर्ता भई नगर क्षेत्रभित्र स्रञ्चालनका रहेकाे १५० बढी स्वराेजगार ईरिक्सा चालकलाई अ.स.ई राजु चौधरी ले ट्राफिक नियमकाे बारेमा प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे भने डा. सन्ताेष क्षेत्रीले आँखाकाे ज्याेतीकाे कारणले निम्तने सम्भावित सडक दुर्घटना र साेकाे न्युनिकरणका उपायकाे सन्दर्भमा सहभागीलाई प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?