शुक्रबार, जेष्ठ ४, २०८१

१३५औं में दिवस को अवसरमा  ऎतिहासिक  तीन अभियान समापन

 

माधव भाट क्षेत्री
कपिलवस्तु

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा ने. क. पा.(मसाल) ले एतिहासिक तीन अभियान समापन र पार्टीको  नयौ  महाधिबेसन को घोषणा सभा सम्पन्न  गरेको छ ।  कपिलवस्तु को वाणगंगा मा ने. क. पा. (मसाल ) का जिल्ला प्रवक्ता माधव भाट क्षत्रीको  अध्यक्षता मा सम्पन्न भएको घोषणा  सभा लाई ने. क. पा. (मसाल) का प्रतिनिधि का सञ्जयले  ने. क. पा. (मसाल) को  नवौं महाधिवेशन को अवधारणा पत्र   को बारेमा प्रकाश पार्नु भएको थियो, अवधारणा पत्र मा ने. क.पा. (मसाल) को नवौं  राष्ट्रिय महाधिवेशन सौहार्दपूर्ण वातावरणमा  केही दिन अगाडि सम्पन्न भएको घोषणा गरियको छ।  महाधिवेशन ले पाँच वर्षको मुल्यांकन , अन्तराष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति र देशको राजनीतिक शक्ति हरुको विश्लेषण, तत्कालीन राजनैतिक परिस्थिति को मुल्यांकन , कार्यनीति, रणनीति हरु को पनि निर्धारण गरेको छ।

अवधारणा पत्रमा पाँच वर्ष पुरै संघर्ष  को काल रहेको बताइएको छ। प्रतिगमन, संघीयता,महँगी भष्टाचार, आदि कयौ  विषयमा संघर्ष का कार्यक्रम गरेको ,देश भर प्रशिक्षण, अंतरक्रिया  कार्यक्रमहरु सम्पन्न गरिएको बताइयको  छ। अन्तर्राट्रिय  में दिवस को बारेमा  अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले  विस्तृत रूपमा प्रकाश पार्नु भएको थियो, एतिहासिक तीन अभियान, को बारेमा  विभिन्न मोर्चा  का प्रतिनिधि हरुले प्रकाश पार्नु भएको थियो, अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल,  अखिल नेपाल महिला संघ जिल्ला  अध्यक्ष कमला पौडेल , अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष नर बहादुर घर्ति ,  रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मान बहादुर नेपाली , किसान संघ का जिल्ला अध्यक्ष मुक्तिराम  न्योपानेले  प्रकाश पार्नु भएको थियो,  सहिद हरु प्रति एक मिनेट मौन धारण पछि सुरु भएको सभा मा राष्ट्रिय जनमोर्चा कपिलवस्तु का उपाध्यक्ष दल बहादुर कुँवर ले स्वागत गर्नु भएको थियो, भने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हरि  प्रसाद बेल्बासे  घोषणा सभाको सन्चालन गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?