
बिमला पौडेल
प्युठान ।सामाजिक सञ्जालमा भेलु बाजेको नामबाट चर्चित मिनबहादुर बुढामगरको निधन भएको छ। प्यूठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाँडाका बुढामगरको प्युठान अस्पताल बिजुवारमा निधन भएको हो ।
विरामी भएपछि प्युठान अस्पताल बिजुवारमा उपचारमा रहेका भेलुबाजेको निधन भएको हो।
प्यूठान अस्पतालका सूचना अधिकारी सम्झना श्रेष्ठले दिउँसो साढे १ बजे इमरजेन्सिमा आइपुग्नुभएको हो । उहाँलाई निमोनिया लगायतको समस्या देखिएको जानकारी दिनु भएको थियो। एक वर्ष भित्रमा भेलुबाजेका श्रिमान श्रिमतिको निधन भएको छ।