शनिबार, जेष्ठ ५, २०८१

मूल प्रवाह संयुक्त नगर समितिले मनायो १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवस

चेन्नई
कोटी प्रसाद पोख्रेल
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व ,पश्चिम ,उत्तर ,दक्षिण संयुक्त नगर समितिको आयोजनामा १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केसमान नेपालीको प्रमुख अतिथि, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य हरि प्रसाद शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सचिवालय सदस्य काशीराम शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय सदस्य नेत्र लाल शर्मा,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय महिला विभाग चन्द्रिका पौडेल , मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम नगर महिला विभाग सदस्य लोककुमारी थापाको अतिथि आसन ग्रहण ज्ञात अज्ञात सहितहरूप्रति एक मिनेट मनधारणा पछि उपस्थित जनमानसलाई। पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलले शब्दबाट स्वागत गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि केशमान नेपालीले शुभकामना मन्तव्य राख्दै मेडे पूँजीपतिहरूको हातबाट गरी खाने मजदुरहरूले आफ्नो अधिकार प्राप्त गरेको दिन ऐतिहासिक रूपमा रहेको हुँदा गरी खाने वर्गहरूको एउटा पर्वको रुपमा रहेको बताउनुभएको थियो। पूँजीपतिहरूले अहिले पनि मजदुरहरूलाई भ्रम पार्नको निमित्त उनीहरूले समेत अहिले मेडे मनाउँदै आइरहेका छन् त्यसको विरुद्धमा संसारका मजदुर आफ्नो अधिकारको लागि संघर्ष र चिरफार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी शुभकामना मन्तव्य दिनेहरूमा केन्द्रीय सदस्य हरि प्रसाद शर्मा, क्षेत्रीय सचिवलय सदस्य काशी शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य नेत्रलाल शर्मा, महिला विभाग क्षेत्रीय सदस्य चन्द्रिका पौडेल, महिला विभाग पश्चिम नगर सदस्य लोककुमारी थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तरनगर समितिका कोषाध्यक्ष विष्णु सुनार, चेन्नई पश्चिम नगर सदस्य प्रकाश नेपाली, पश्चिम नगर सदस्य राजेश सुनार, पश्चिम नगर सदस्य नरबहादुर थापा, र राष्ट्रिय जनमोर्चा का सदस्य जीवलाल पौडेलले मेडे को शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रम चेन्नई दक्षिण नगर समितिका सदस्य उमानन्द चालिसे को अध्यक्षतामा र चेन्नई उत्तरनगर समितिका सचिव कोटी प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?