शनिबार, जेष्ठ ५, २०८१

लागु औषध नियन्त्रण कार्ययोजना पारित, तीन महिने अभियान चल्ने 

 

बिमला पौडेल
प्युठान जिल्ला प्रशासन कार्यालय प्युठानले लागु औषध नियन्त्रण कार्ययोजना २०८१ पारित गरेको छ। शुक्रबार जिल्लाका सरोकारवाला निकायका बिच कार्ययोजना उपर छलफल गरि पातित गरिएको छ।

प्युठान जिल्लामा भएको र हुन सक्ने लागू औषधको अबैध उत्पादन,कारोबार तथा उपयोगलाई नियन्त्रण गरि गाउँ समाजलाई सभ्य, मर्यादित,सुरक्षित र सु संस्कृत बनाउने उदेश्यले कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताउनु भयो

।उहाँले भन्नू भयो यो केन्द्रिय निर्देशन पनि हो यसलाई सफल बनाउन सबैको साथ सहयोग र सहकार्य आवस्यक रहेको बताउनु भयो।
प्रजिअ अर्यालले भन्नू भयो समाजमा जनचेतना मुलक कार्यक्रम,लागु पदार्थको खेती नस्ट गर्ने,अनुगमन र चेकजाच गरी ओसारपसार लाई नियन्त्रण गर्ने गरि कार्ययोजना निर्माण गरि त्यसै अनुसार कार्यनयन गरिने बताउनु भयो।

लागु औषधबाट २० वर्ष मुनिका किशोर किशोरीको तथ्यांक हेर्दासबै भन्दा धेरै ८८ प्रतिशात रहेको तथ्यांक रहेकोले उनीहरुलाई सचेतना फैलाउने अभियान चलाउन आवस्यक रहेको उपस्थित सरोकारवाला हरुको भनाइ रहेको थियो।

आज भएको अन्तरकृया कार्यक्रमबाट तीन महिनाको लागी विभिन्न गतिविधि सहितको अभियान संचालनको लागि विभिन्न निकायको सहकार्य रहने गरी कार्य बिभाजन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जालन्धर भुसालले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?