शुक्रबार, भदौ २०, २०८२

ओखलढुंगामा आगो निभाउने क्रममा आमाछोराको मृत्यु

ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।

खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार अपरान्ह उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो निजी खरबारीमा प्रवेश गर्दा उक्त घटना घटेको समाचार छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?