शनिबार, भदौ २१, २०८२

प्युठानको मच्छिमा रेड्क्रस दिवस सम्पन्न

 

नारायण जिसि मच्छी  प्युठान

“मानवतालाई जीवित राखौ keeping Humanity Alive”भन्ने मुल नाराका साथ
8May 2024 ,२०८१वैशाख २६,) अर्थात विश्व रेड्क्रस दिवस तथा जाँ हेनरी ड्युना को जन्म दिनकाे अवसरमा नेपाल रेड्क्रस सोसाइटी मच्छी उपशाखाको आयोजनामा “विपदमा रेड्क्रस ” शिर्षकमा झिमरुक गाउँपालिका भित्रका मा. वि.यु.रे.स.बीच विपदमा रेडक्रस शीर्षकमा कविता प्रतियोगिता मच्छीमा सप्पन्न भएको छ। प्रमुख अतिथि झिमरुक ५ का वडाध्यक्ष दधिराम पाेखरेलले व्यानरमा हस्ताक्षर गरेेर उद्घाटन गरेकाे कार्यक्रममा , ने.रे.सो. मच्छी उपशाखाका सभापति नारायण बहादुर जि.सी.कोअध्यक्षता,उपशाखाकी उपसभापति चन्द्रा कुमारी रायमाझीकाे स्वागत भाषण, काेषाध्क्ष जानका पंथीकाे संचालनमा अघि वढेको थियो।उक्त कार्यक्रममा लक्ष्मी मा.वि.बाङ्गेमराेटकी एन्जिला पंथी प्रथम,
प्रभात मा.वि. आहालखाेलाकी अञ्जु एम.सी. द्वितीय ,सत्य मा.वि.तुषाराकी प्रमिला वि.क. तृतीय र सर्वाेदय मा.वि. गडेरपानीकी अप्सरा एम .सी.ले सान्त्वना
स्थान हाँसिल गरेका छन,साथै विभिन्न स्थान हाँसिल गर्ने सफल प्रतियाेगिहरुलाई नगद पुरस्कार र प्रमाण पत्र वितरण पनि गरियो।प्रतियाेगितामा १३ वटा विद्यालयबाट सहभागी भएका थिए।
शान्ति र्याली मच्छीेले वजार परिक्रम गरेकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?