शनिबार, भदौ २१, २०८२

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

 

प्युठान राष्ट्रिय जनमोर्चा प्युठानको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरुको लागि दुईदिने कार्यशाला खलंगामा शनिबार सम्पन्न भएको छ।

कार्याशालामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले ऐन कानुन, योजना तर्जुमा, बजेट , आर्थिक स्रोतको पहिचान बिषयमा सहजीकरण गर्नु भएको छ।
त्यसै गरि राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले
जनप्रतिनिधि र संगठन बिचको अंतरसम्बन्ध र त्यसको सहि ब्यबस्थापन गर्ने सम्बन्धमा सहजीकरण गर्नु भएको छ।

कम्युनिस्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीले सहि ढंगले परिचालन गर्न सकेमा मात्र आम जनताको भावना र मर्मअनुसार काम हुन सक्ने भन्दै समयसमयमा तालिम, प्रशिक्षण आवस्यक रहेको राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो।

जनप्रतिनिधि हरुलाई सबै बिषयमा जानकारी नहुने भन्दै बिकास निर्माण, नीतिनिर्माण र त्यसको सहि परिचालनमा कहिले काहीं समस्या आउने भएकोले वर्तमान नीतिनियम, प्रक्रिया लगाएतको बारेमा सचेत गराउने पार्टीको नीति अनुसार कार्यशाला विभिन्न जिल्ला हरुमा संचालन गर्ने गरेको राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले बताउनुभयो।

कार्याशालामा राष्ट्रिय जनमोर्चाका नेता शुरेस थापा , ज्ञामुराम न्यौपाने र राम पहाडी समेत उपस्थिति रहेको थियो।

कार्याशालामा प्युठान जिल्लाका पार्टीको तर्फबाट स्थानीयतहमा निर्वाचित भएका जनप्रतिनिधि हरुको सहभागिता रहेको राष्ट्रिय जनमोर्चा प्युठानले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?