शनिबार, भदौ २१, २०८२

अखिल नेपाल शिक्षक संघ प्युठान को आठौं जिल्ला परिषद तथा स्वागत कार्यक्रम सम्पन्न

२९ बैशाख २०८१

अखिल नेपाल शिक्षक संघ प्युठान को आठौं जिल्ला परिषद तथा स्वागत कार्यक्रम बहुउद्देश्यीय शैक्षिक भवन पुण्यखोलामा अखिल संघ जिल्ला अध्यक्ष अर्जुनबहादुर के सी को अध्यक्षता, अखिल संघ केन्द्रिय महासचिव चक्रपाणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पुर्व जि बि स सभापति तथा पुर्व शिक्षक नेता बोमबहादुर खत्री , केन्द्रिय सचिब बालाराम पोख्रेल , शिक्षक महासङ जिल्ला अध्यक्ष शेरबहादुर थापा, अखिल संघ प्रदेश सचिब कल्याण खड्का , नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष जानका के सी , ने रा शि संगठनका प्रतिनिधि खिमबहादुर जि सी लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । २०८० सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरि प्युठान जिल्लामा नियुक्त हुनुभएका शिक्षकहरूलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर स्वागत गरिएको थियो भने सदस्य कल्पना थापाको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको सन्चालन अखिल संघका जिल्ला सचिब ध्रुव गिरीले गर्नुभएको थियो ।

आज सप्पन्न बन्द सत्रमा सचिब ध्रुव गिरीले पेस गर्नुभएको प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना अनि काेषाध्यक्ष महेन्द्र केसी ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनमा व्यापक छलफलसहित पारित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?