
प्युठान गौमुखी गाउँपालिका प्युठानको आयोजनामा गौमुखी पालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम आइतबार सम्पन्न भएको छ।
गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिको अध्यक्षता रहेको कार्यक्रमा जिल्ला खोप समन्वय समितिआ संयोजक तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि सि को प्रमुख आतिथ्यता रहेको थियोे ।
पुर्ण खोप सुनिश्चित तथा दिगोपनाका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गएकोमा वाडा खोप समन्वय समिति , पालिका खोप समन्वय समिति , स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्व्यमसेविका, जन प्रतिनिधि लगायत सबैलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।
आज गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि घोषणा गरेको छ। स्वस्थ्यको क्षत्र संबेदनसिल र मानव जिवनको लागि महत्त्वपूर्ण मानिने भएकोले सबैको साथ र सहकार्य आवस्यक रहेको बोल्ने वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थकर्मी, महिला स्वस्थ्य स्वयंसेवीका र सरोकारवाला निकायका प्रतिनिधिको सहभागीता घोषण गरिएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनु भयो।
प्युठान जिल्लामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गौमुखि गाउँपालिका पहिलो रहेको स्वास्थ्य शाखाका जनस्वस्थ्य निरीक्षक केशव बहादुर केसीले बताउनुभयो।