शनिबार, भदौ २१, २०८२

रक्तिम सांस्कृतिक अभियानको “कर्णाली सांस्कृतिक अभियान कार्यक्रम सुरु

 

सुर्खेत ,

रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति र राष्ट्रिय जनमाेर्चा कर्णाली प्रदेश समितिकाे सहकार्यमा सञ्चालन भईरहेकाे “कर्णाली सांस्कृतिक अभियान कार्यक्रम २०८१” काे पहिलाे दिन सुर्खेत जिल्लाकाे गुर्भाकाेट नगरपालिका अन्तर्गत पर्ने मेहेलकुना बजारमा उद्घाटन भए लगतै अभियानकाे प्रारम्भ भएकाे छ ।

 

कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, राष्ट्रिय जनमाेर्चा सर्खेतका अध्यक्ष गाेविन्दप्रसाद सुवेदी, राष्ट्रिय जनमाेर्चा कर्णाली प्रदेशका सचिव विष्णु शर्मा, राष्ट्रिय जनमाेर्चा कर्णाली प्रदेश सदस्य कटक बहादुर शाही, नेक.पा मसाल जिल्ला प्रबक्ता माेहाेन थापा अखिल नेपाल किसान संघ सुर्खेत जिल्लाका अध्यक्ष प्रेम बहादुर ठाडा, सदस्य कर्ण बहादुर ठाडा लगायतका नेता कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे । “प्रगतिशील तथा जनवादी संस्कृतिलाई आत्मसात गराैं ! कर्णाली सांस्कृतिक अभियान सफल पाराैं !” भन्ने मुल नाराका साथ अघि बढेकाे अभियानमा राष्ट्रिय जनमाेर्चा कर्णाली प्रदेशकाे तर्फबाट प्रदेश समितिका अध्यक्ष पर्णबहादुर शाही र रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिकाे तर्फबाट अध्यक्ष गिरीप्रसाद बुढाले नेतृत्व गरिरहनुभएकाे छ ।

 

कर्णाली सांस्कृतिक अभियानमा रक्तिम सांस्कृतिक अभियानका नृत्य प्रशिक्षक विजय घर्तीले नृत्य संयाेजन गरिरहनु भएकाे छ। यसै गरि आजै उक्त अभियान सुर्खेतकाे छिन्चुमा पनि विविध सांस्कृतिक प्रस्तुतिसहित अभियानकाे कार्यक्रम सम्पन्न गरिएकाे छ । कार्यक्रममा ए साथि, राताे लाल्टिन, ज्वाला मुखि, खाेला नालाले, चट्टानकाे झिल्काे, शिशिर चिर्ने, फुल फुल्ने छ, बढ्दै जाउ, नेपाली माटाेमा फूल राेपाै यसमाली लगायतका गीतमा नृत्य प्रस्तुत गरिएकाे छ । कार्यक्रममा आर्थिक संकलन, जनभेटघाट, पर्चा वितरण लगायतका कार्य समेत गरिएकाे छ । अभियानले संगठन निर्माणकार्य गर्दै सर्खेत जिल्लाकाे पश्चिम क्षेत्रमा पर्ने चाैकुनेकाे बिजाैरासम्म पुर्याएर समापन गर्ने लक्ष रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?