
प्युठान जिल्ला बालअधिकार समिति प्युठानको बैठक समितिका अध्यक्षतथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा जिल्ला समन्वय समितीको कार्यालय खलंगामा सप्पन्न भएको छ।
लुम्बिनी प्रदेश सरकारको बालसंरक्षण ऐन २०७६ अनुसार जिल्लामा बालअधिकार समिति गठन भएको हो । विभिन्न सामाजिक क्षत्रमा कृयासिल समावेशिताको आधारमा हुनेगरी ४ जना र २ जना बालसंजाल बाट प्रतिनिधित्व हुने गरि समिति चयन गरिएको बालअधिकार समितिका अध्यक्ष धरम बहादुर जिसीले बताउनुभयो।
समितिको सदस्यमा मनोनीत हुनेहरुमा जुमान सिंह केसी, चक्रपाणि पौडेल, बिरेन्द्र खड्का र दुर्गा गिरी रहनु भएको छ। त्यसैगरि बालसंजाल बाट शुभम बिक र जमुना बुढाथोकी चयन गरिएको जिसीले बताउनु भयो।
बैठकमा नयाँ मनोनीत गरिएका सदस्यहरुलाई स्वागत गरिएको थियो। मनोनीत सदस्यहरुको कार्यकाल ४ वर्षहुने ब्यबस्था रहेको छ। समितिमा सरोकार राख्ने कार्यालय प्रमुखहरुलाई पदेन सदस्य र मनोनीत ६ जना सहित १५ सदस्य रहने ब्यबस्था रहेको छ न्यौपानेले बताउनुभयो।
जिल्लामा बालबिबाह, बालश्रम, बाल दुव्र्यवहारलाई न्यूनीकरण गर्नका लागि सामाजिक बिकास डिभिजन कार्यालय संगको सहकार्यमा मल्लरानी गाउँपालिका र प्युठान नगरपालिकामा सरोकारवाला निकायका बिच बालबालिकाका सवालमा अंतरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय भएको समितिका सदस्य सचीव पुन्य प्रसाद न्यौपानेले बताउनुभयो।
आगामी आर्थिक वर्ष ०८१/०८२ मा जिल्लामा बालअधिकारका सवालमा अभियान संचालन गर्नका लागि लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सामाजिक बिकास मन्त्रालयमा आवस्यक बजेट ब्यबस्थाको लागि अनुरोध गर्ने निर्णय भएको समितिका अध्यक्ष धरम बहादुर जिसीले बाताउनु भयो।