शनिबार, साउन १२, २०८१

लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धमा विद्यार्थीलाई अभिमुखीकारण

 

प्यूठान उद्योग वाणिज्य संघको आयोजना,जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वय तथा जिल्ला प्रहरी कार्यालय प्यूठान संगको सहकार्यमा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी अभिमुखीकारण कार्यक्रम खलंगामा सम्पन्न भएको छ।

प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा महेन्द्र माध्यमिक बिधालयकाकक्षा १० का विद्यार्थीहरुका लागी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो।

लागु औषध दूव्र्यसन रोकथाम अभियानका लुम्बिनी प्रदेश संयोजक बसन्त पुनले लागु औषध दुव्र्यसन सम्बन्धि सहजीकरण गर्नु भएको थियो पुनले लागु औषध भनेको के हो, यसको असरले मानिसको व्यक्तिगत जिवनमा पार्ने प्रभाव, पारिवारिक समस्या र त्यसबाट हुने हानि तथा दुव्र्यवसनमा लाग्ने सम्भावित कारण सहित जानकारी गराउनुभएको थियो।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लाका विभिन्न स्थानमा अभियान संचालन गरेको जनाकारी गराउदै सबै सचेत भाइ सभ्य नागरिक बन्नुपर्ने बताउनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी साहायक निरीक्षक आकाश खड्काले प्रहरी र नागरिक समाज हातेमालो गरेर अगाडि बढ्न सकेमात्र समाजमा हुने नकारात्मक कार्य घटाउन सकिने बताउनुभयो।

दागं जिल्ला उद्योग वाणिज्य संघका पूर्व सचिव तथा प्रध्यापक सुन्दर गौतमले सकारात्मक सोचको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएकोथियो। उहाँले आजका युवा विद्यार्थीहरु सहि मार्गमा हिड्न आवस्यक रहेको भन्दै गलतबाटोमा लाग्न नहुने बताउनुभयो।

  • सव्य समाजको निर्माणको लागि लागु औषध नियन्त्रणगर्न नीजीक्षेत्र सदैव सहकार्य गर्न तत्पर रहेको भन्दै सामाजिक अभियानमा संगसंगै लाग्ने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal