शनिबार, साउन १२, २०८१

सानिमा रिलायन्सले गर्यो घातकरोग बिमा दावी भुक्तानी

विनोद खनाल, ०८ जेठ बुटवल
सानिमा रिलायन्स ईन्सोरेन्स कम्पनीले मंगलबार बुटवलमा बैदेशिक रोजगारी म्यादी जीवन बिमा बापतको घातकरोग बिमा दाबी भुक्तानि एक कार्यक्रमका बिच गरेको छ ।

कम्पनिका प्रदेश प्रमुख ईन्द्र विश्वकर्माले ४ लाख ७५ हजार २ सय ४६ रुपैंयाको चेक दाबीकर्ता बिमित बुटवलका शंकर प्रशाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन । सो अवशरमा बोल्दै प्रदेश प्रमुख ईन्द्र बिश्वकर्मा र एमडिआरटि मानबहादुर कुँवर, बुटवल ब्रान्च म्यानेजर प्रेम आचार्य, एजेन्सी म्यानेजर विनोद खनालले जीवनको सुरक्षा, भवितब्य ब्यबस्थापन एवं अशक्तताको सुरक्षाका लागि बिमा जरुरी रहेको औंल्याएका थिए । साथै समाजमा अझै बिमा शिक्षाको आवश्यकता रहेको र छिटो छरितो सेवा एवं दावी भुक्तानीमा कम्पनिले सहजढंगले भुमिका खेल्ने गरेको बताएका थिए ।
यस्तै बिमित शंकर न्यौपानेले यसरी बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिंदा गरिने म्यादी जीवन बिमा गर्दा घातक रोगको उपचारमा पनि कम्पनिले सहज ढंगले राहत प्रदान गरेकोमा खुसी ब्यक्त गरेका थिए । उनले यसवारेमा धेरै मानिसलाई जानकारी नभएकाले पनि सुबिधाबाट बन्चित रहेका हुँदा कम्पनिलाई प्रचारप्रसारमा जोड दिन आग्रह गर्दै आँफुले पनि पहल गर्ने बताएका थिए ।

बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिंदा गरिने म्यादी जीवन बिमा गर्दा बिमितले दुर्घटना बापत रु. १० लाख र घातकरोग बापत रु. ५ लाख सम्मको सुबिधा पाउने गर्छन । न्यौपानेले बैदेशिक रोजगारीका लागि कतार जाँदा श्रम स्वीकृति लिएका थिए जसमा सानिमा रिलायन्स कम्पनिको म्यादी जीवन बिमा गरेबापत उनले सो सुविधा लिएका हुन । उनले कतारमा रहँदा ओपन हर्ट शल्यकृया मार्फत मुटुको भल्व परिवर्तन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal