शनिबार, साउन १२, २०८१

अम्बालामा मूल प्रवाहको विस्तारित भेला सम्पन्न

 

खिमराज चालीसे
चंडिगढ
२१ मई २०२४

भारतको हरियाणा राज्यको अम्बालामा मूल प्रवाहको नगर सम्मेलन अभियान अन्तर्गत आज २१ मई २०२४ को ५ औ नगर सम्मेलन विस्तारित भेला सम्पन्न भएको छ।

मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालीसेले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन गर्नु भएको सो समारोहमा चालिसेले भारतमा नेपालीहरुका सबै प्रकारका समस्यासंग संघर्ष गर्दै र न्याय दिलाउने एउटा अदालत जस्तै भूमिका निर्वाह गरेको कारण मूल प्रवाह अभिभावक संगठन बनेको बताउनु भयो।

आयोजक समितिका प्रस्तावहरु हाउसमा मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रिय सल्लाहकार लक्ष्मण अर्यालले प्रस्तुत गर्नु भएको भेलामा हाउसले छलफल पश्चात कमल सुवेदी, प्रेम रसाइली, धन बहादुर खडका, देवीराम शर्मा र लक्ष्मण अर्याल रहेको पाच सदस्यीय मूल व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ।

भेलाले कमल सुवेदी को संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन प्रचार प्रसार समिती बनाउने, प्रेम रसाईलीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिती, धन बहादुर खडकाको संयोजकत्व कलाकार व्यवस्थापन समिति, देवीराम शर्माको संयोजकत्वमा पाच सदस्यीय स्वयंसेवक समिती र लक्ष्मण अर्यालको संयोजकत्वमा मैस समिती बनाउने निर्णय गरेको छ।

उक्त कार्यक्रममा शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह क्षेत्रिय समितिका लक्ष्मण अर्याल, महिला नगर संयोजक अन्जु सुवेदी, एरिया समितीका राम प्रसाद वस्याल, हाउसबाट राम बहादुर सुनार लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम प्रेम रसाइलीको संचालनमा तथा कमल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत देवीराम शर्माले भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal