
भानुभक्त माध्यमिक बिधालय बर्बोट चुजाठाटी प्युठानमा बिधालय ब्याबस्थापन समितिको निर्वाचनबाट पुनः दोस्रो कार्याकलको लागिराष्ट्रिय जनमोर्चाका जिबलाल खत्री निर्वाचित हुनुभएको छ।
शनिबार बिधालय ब्याबस्थापन समितिको चुनाव भएको हो। अभिभावक हरुको मतदाता सङ्ख्या ४५२ रहेकोमा ४०१ जनाले मतदान गरेको बिधालयका प्रधानाध्यापक चक्रपाणि पौडेलले बताउनुभयो।
मल्लरानी गाउँपालिका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आचर्यको नेतृत्वमा तीन सदस्य बिधालय ब्याबस्थापन छनोट समिति गठन गरि निर्वाचन प्रक्रिया अगाडि बढाइएको प्रधानाध्यापक पौडेलले बताउनुभयो।
बिधालय ब्याबस्थापन समिति गठनगर्ने सम्बन्धि नियम अनुसार शनिबार मतदान प्रक्रियाद्वारा चारजना निर्बाचित भएका छ्न जसमा जनमोर्चा माओवादीको सयुक्त प्यानलका जिबलाल खत्री,मिन बहादुर परियार,दिपा राना र नमुना राहु बिजय भएको निर्बाचन समितिका संयोजक ठाकुर प्रसाद आचर्यले बताउनुभयो।
पहिलो बैठकले दुई सदस्य मनोनीत
४ जना निर्वाचित सदस्यहरुको पहिलो बैठकले शिक्षा प्रेमी र चन्दादाता मघ्यबाट दुई जनालाई सदस्यमा मनोनीत गरेको छ जसमा निर्मला पौडेल र युबराज पौडेललाई मनोनीत गरेको हो।
शनिबारनै बसेको मनोनीत सदस्य सहितको दोस्रो बैठकले पुनः दोस्रो कार्यकालको लागि राष्ट्रिय जनमोर्चाका नेता तथा शिक्षाप्रेमी समाजसेबी जिबलाल खत्रीलाई अध्यक्षमा चयन गरेको छ।
बिधालय ब्याबस्थापन समिति सर्वसम्मत गराउने प्रयास अपफल भएपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबंधन र राष्ट्रिय जनमोर्चा र नेकपा माओवादीको गठबन्धन भएको थियो।
स्मरण रहोस् त्यस बिधालयमा लामो समय देखी राष्ट्रिय जनमोर्चाले नेतृत्व गर्दै आइरहेको छ।
बिधालय ब्यबस्थापन समितिमा ११ जनाको समिति रहने र समितिको कार्याकाल ३ बर्षको रहने ब्याबस्था छ।