बुधबार, भदौ १८, २०८२

काठमाडौंबाट प्युठान आउदै गरेको रात्रिबस दासढुङ्गा नजिकै एकआपसमा ठोक्किदा एकजनाको मृत्यु, अन्य केहीयात्री घाइते

 

मुग्लिङ-नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै यात्रुबाहक बस र मालबाहक ट्रक एक आपसमा ठोक्किएका छ्न।

सोमबार साझ काठमाडौंबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको रात्रिबस बिपरित दिसाबाट आउदै गरेको ट्रकसँग ठोक्किएर यात्रुहरू घाइते भएको गौमुखी स्वर्गद्वारी यातायात प्रलीका चन्द्रमान श्रेष्ठले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परि घाइते यात्रुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भैसकेको जानकारी प्राप्त भएको चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको एकिन नभैसकेको श्रेष्ठले जानकारी दिनुभयो । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटना बारे थप विवरण आउन बाकी छ । अहिले घटना स्थल प्रहरी पुगेको बताइएको छ ।

दुर्घटना भएको सूचना प्राप्त भए लगत्तै प्युठानबाट यातायात ब्याबसयी प्रालि बाट चन्द्रमान श्रेष्ठ सहितको टोलि घटना स्थलतर्फ जाँदै गरेको उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?